Main Menu

म्यानमारमा बौद्धमार्गीहरुको र्यालीमा गोली प्रहार, ७ को मृत्यु

माघ ३, याङ्गुन

myanmar-police-shot-dead-7-rohingyas

म्यानमारको रखाइन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ ।

सो गोलीकाण्डमा परी ७ व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ ।

बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको र्याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाइ छ ।

एकजना प्रहरी अधिकारीका अनुसार उक्त र्यालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीको क्रमका सात व्यक्तिको मृत्यु भएको हो । साथै, झडपमा परी अरू एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले एएफपी समाचार समितिलाई बताएको छ ।

रोहिन्ज्या मुसलमान समूदायको बलियो प्रभाव रहेको भनिएको सो राज्यबाट हाल ६ लाखभन्दा बढी रोहिनज्या भागेर बङ्गलादेश पुगेका छन् । उक्त राज्यमा गएको केही महिनादेखि भएको सैनिक दमनका कारण अस्तव्यस्त भएको छ ।

रखाइमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी जम्मा भएका थिए । यसरी जम्मा भएको जुलुस के कति कारणले अचानक हिंसामा परिणत भएको हो भने बारेमा केही प्रष्ट हुन सकेको छैन ।

प्रहरीले हिंसामा उत्रेको भीडलाई तितरबितर पार्न चेतावनीस्वरुप रबरको गोली प्रहार गरेको र प्रर्दशनकारीहरु त्यसपछि पनि नरोकिएपछि गोली नै प्रहार गर्न बाध्य भएको बताएको छ ।

म्यानमार प्रहरीका प्रवक्ता कर्णेल म्यो सोएले एएफपी समाचार समितिलाई बताएअनुसार उक्त भीडले सरकारी कार्यालयमा कब्जा गर्न खोजेको र त्यसपछि प्रहरीले बाध्य भएर गोली हान्नु परेको थियो ।

गएराति एमरक यु मन्दिर परिसरमा भएको यस हिंसामा ७ को मृत्यु हुनुका साथै अन्य २० भन्दा बढी घाइते भएको प्रहरी प्रवक्ता सोएले बताए ।

(Visited 11 times, 1 visits today)

टिप्पणी

comments