Main Menu

म्यानमार भित्रै विस्थापित रोहिन्ज्या को लागि सरकारी सहयोग

 

myanmar-gov-help-rohingya-communityभदौ २४, याङ्गुन । रखाइन रज्यभित्रै विस्थापित भएका रोहिन्ज्या मुस्लिम समूदायलाई म्यानमार सरकारले सहयोगको बन्दोबस्त गर्न लागेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जानकारी दिएको छ ।

म्यानमारको राखाइन राज्यमा जारी हिंसाको १६ औँ दिनमा आज पहिलोपटक केही मानवीय सहयोग गर्न लागेको सरकारको तर्फबाट जानकारी आएको छ ।

राखाइन राज्यमा रोहिन्ज्या मुस्लिम समूदायमाथि भएको यस आक्रमणको कारण दशौँ हजार व्यक्ति राखाइन राज्यभित्रै विस्थापित भएका छन् । विस्थापित ती व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, शरणार्थी स्थल र औषधी उपचारबिना नै बसेका छन् ।

बङ्गलादेशले म्यानमार सरकारलाई देशभित्रै विस्थापित भएका रोहिन्ज्याहरुलाई सुरक्षित स्थानको प्रवन्ध गर्नका लागि आग्रह गरेको छ ।

यद्यपी रोहिन्ज्या “आतङ्ककारी”हरुको आक्रमणको कारण विस्थापित भएका करिब २७ हजार बौद्धधर्मावलम्बी र हिन्दु नागरिकहरु विद्यालय र आश्रमहरुमा सरकारको सहयोगमा बसोवास गर्दै आएका छन् ।

बङ्गलादेश पुग्ने रोहिन्ज्याको सङ्ख्या करिब ३ लाख

शनिबार संयुक्त राष्ट्रसंघले दिएको जानकारीअुनसार गत अगस्त २५ बाट म्यानमारको राखाइन राज्यमा सुरु भएको हिंसाको कारण म्यानमारबाट भागेर बङ्गलादेश पुग्ने म्यानमाली शरणार्थीको सङ्ख्या करिब ३ लाख पुगेको छ ।

म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण उनीहरु देश छोडेर भागेका हुन् ।

म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण बङ्गलादेशको शरणमा पुगेका रोहिन्ज्या मुस्लिम शरणार्थीको सङ्ख्या २ लाख ९० पुगेका संयुक्त राष्ट्र संघको शरणार्थी निकायका प्रवक्ता जोसेफ ट्रिपुराले जानकारी दिएका छन् ।

छिमेकमा पर्ने बङ्गलादेशमा म्यानमारका नागरिक जाने क्रम जारी रहेको छ । म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखाइन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन् ।

राष्ट्रसंघले गत हप्ता दिएको जानकारी अनुसार बङ्गलादेशमा कम्तीमा पनि १ लाख ६४ हजार शरणार्थी पुगेका थिए । उक्त सङ्ख्या बढेर शनिबारसम्म करिब ३ लाख पुगेको हो ।

म्यानमारको पश्चिमी राज्य राखाइन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा अधिकांश रोहिन्ज्या मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका छन् । उनीहरु दिनहूँ त्यसतर्फ जाने गरेका छन् ।

यो सङ्ख्या प्रतिदिन बढ्दो मात्रामा रहेको संयुक्त राष्ट्रसंघद्वारा जारी प्रतिवेदनमा जनाइएको छ । बङ्गलादेशी अधिकारीहरुले भने त्यो सङ्ख्या अझै धेरै हुनसक्ने बताएका छन् ।

गत पाँच बर्षयता म्यानमारको राखाइन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किँदै गएको छ । राष्ट्रसंघका अनुसार म्यानमारको रोहिन्ज्या राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।

म्यानमारबाट भागेर आएका व्यक्तिले बङ्गलादेशको शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमारको राखाइन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिन्ज्या मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ ।

(Visited 6 times, 1 visits today)

टिप्पणी

comments