Main Menu

राष्ट्रपति मुगाबेले राजिनामा नदिने, सडकप्रदर्शनको लागि सेनाको आह्वान

मंसिर २, हरारे

mugabe-denies-stepping-downजिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन् ।

लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहहेका छन् । उनले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ ।

यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ ।

हाल सेनाको नजरबन्दमा रहेका ९३ वर्षीय मुगाबे जिम्बावेमा लामो समयदेखि शक्तिमा छन् । त्यसो त उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरेका छन् ।

सो विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन । तर उनले आफूले सत्ता छोड्न अस्वीकार गरेका समाचारहरु भने बिहीबार नै बाहिर आएका छन् ।

जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन् । सेनाले देशमा नियन्त्रण कायम गरेको छ तर यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन् ।

राष्ट्रपति मुगाबेको सूचना स्रोतबाट प्राप्त विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ तर पनि उनी एक हिसाबले शान्तजस्तै छन् । उनले यस सैनिक हस्तक्षेपका बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

उनले राजिनामा दिनमा नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

उता केही अफ्रिकी मुलुकहरुका विदेशमीन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन् ।

यसैबीच, जिम्बाबेका प्रभावशाली पूर्व सैनिकहरूको संस्थाले राष्ट्रपति मुगाबेका विरुद्धमा सडक प्रदर्शनमा उत्रिन शुक्रबार आह्वान गरेको छ ।

क्रिस्टोफर मुत्सभाङगाले पत्रकार सम्मेलनमा भने, “मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अब बाँकी रहने छैन ।”

उनले हरारेमा मुगाबे विरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरे ।

उनले भने, “सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेका छन्, यो सफल अभियान हो तर अब सकियो ।”

“हामीले हाम्रो पुरानो गौरब भोलि पनि फर्काउन चाहन्छौँ । जव सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ,” उनले थपे ।

मुगाबेका बारेमा अब पछि फर्केर केही गर्नु नपर्ने उनको भनाई छ ।

सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलो पटक शुक्रबार विश्वविद्यालयको दिक्षान्त समारोहमा देखिएका थिए । मुगाबेको ३७ बर्ष लामो शासन अन्त्य भएको दाबी गरिएको छ ।

(Visited 22 times, 1 visits today)

टिप्पणी

comments