Main Menu

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो


mexico-earthquake-death-toll-61भदौ २४, पास (मेक्सिको) । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ ।

दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा केन्द्रविन्दु रहेको भूकम्प ३३ किलोमिटर गहिराइको रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

“भूकम्प गएको बेला मैले बेलुकाको खाना खाइरहेको थिएँ,” एक जना स्थानीयले भने, “म तत्काल घर बाहिर दौडिएँ । त्यहाँ सडकमा सयभन्दा बढी मानिस आइसकेका थिए । तीमध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए ।”

भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भएको थियो । अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए । रातभरी उनीहरु त्यसैमा सुतेका थिए ।

भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन् भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएका छन् ।

मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले शुक्रबार राति टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताएका छन् ।

मृत्यु भएकामध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र ४ जना ताबास्को राज्यका रहेका जनाइएको छ ।

मेक्सिकोमा केन्द्रविन्दुबाट करिब १ हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको बताइएको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन् ।

(Visited 6 times, 1 visits today)

टिप्पणी

comments