Main Menu

कालिका पावरले स्थानीयको लागि शेयर जारी गर्ने

पुस २२, काठमाडौँ

गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु. ६ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार कालिका पावरलाई ६ लाख कित्ता साधारण शेयर जारी गर्ने अनुमति दिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु. १०० मूल्य अंकित दरको ६ लाख कित्ता साधारण शेयर जारी गर्ने छ ।

कम्पनीले साधारण शेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

गोरखाको दरौदी खोलामा कम्पनीले ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण शेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नेछ ।

बोर्डले बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर जारी गर्न स्वीकृति दिइएको थियो ।

(Visited 9 times, 1 visits today)

टिप्पणी

comments