Main Menu

बिचार/विश्लेषण

संयुक्त राज्य अमेरिकामा असमानता

पछिल्लो हप्ता (गत डिसेम्बरको दोश्रो हप्तातिर), कांग्रेसले एक कर विधेयक पारित गरेको छ, जसले वित्तीय भ्रष्ट मुठ्ठीभरका धनाढ्यहरुलाई खरबौं डलरहरू हस्तान्तरण गर्नेछ । यस सम्बन्धमा विशेषज्ञहरूको दुई अलग-अलग टोलीले संयुक्त राज्य अमेरिकामा सामाजिक असमानता वृध्दि भएको तथ्य उल्लेख गरिएका रिपोर्टहरू प्रकाशित गरेका छन् ।

गत २०१७ डिसेम्बर १४ मा थमस पेकिटी, इम्मानुएल सेजली र गब्रिएल ज्यूमनसमेत सम्मिलित असमानता सम्बन्धका शोधकर्ताहरूको एक मुख्य समूहले विश्व असमानता २०१८ को प्रतिवेदन प्रकाशित गरेको छ, जसले बताउँछ कि संयुक्त राज्य अमेरिकामा पश्चिमी यूरोपको उन्नत अर्थव्यवस्थाको तुलनामा धेरै असमानता बाँकी छ।

शोधकर्ताहरूले रिपोर्टमा उल्लेख गरे अनुसार १९ प्रतिशत अमेरिकीहरुको आय १९८० देखि २०१६ सम्ममा २० प्रतिशतले बढ्यो, जबकि त्यही अवधिमा ५० प्रतिशत अमेरिकीहरुको आय १३ प्रतिशतले घट्यो । तीन दशकपहिले ४० प्रतिशत अमेरिकीहरुले राष्ट्रिय धनको २७ प्रतिशत हिस्सा उपभोग गर्थे भने अहिले त्यति नै हिस्सा ९० प्रतिशतले गर्छ ।

अमेरिकी समाजको एक अर्को अभियोग रेखाचित्र (graphic indictment) संयुक्त राष्ट्रसंघको गरीबी र मानवअधिकार सम्बन्धका विशेष विज्ञ फिलिप अलास्टले गत २०१७ डिसेम्बर १५ मा तयार पारेको छ, जसले अमेरिकामा असीमित आर्थिक अपचलनको कारण अमेरिकाको आधारभूत मानव अधिकारको उल्लङ्घन भएको तर्क गरेको छ ।

संयुक्त राज्य अमेरिकाले “मानव अधिकार” को रक्षाको नाममा संसारभरिका मुलुकहरुमा आक्रमण गर्ने, बमबारी गर्ने र अस्थिरता ल्याउने काम गरेको छ । के कुरामा शङ्का छैन भने कर्पोरेट नियन्त्रित मिडियाले यी कुराहरुलाई छोपछाप पार्ने कामलाई नै प्राथमिकता दिएका छन् ।

एल्स्टनले “राज्यहरुमा ढलको फोहर संकलन गर्ने ठाउँ” को सम्बन्धमा एक लेख लेखेका छन् । उनी भन्छन्, “सरकारहरूले फोहरमैलाको ब्यबस्थापनका सुविधाहरूलाई आफ्नो जिम्मेवारीको रुपमा लिँदैनन्” ।

“कयौं वयस्क अमेरिकीहरुले आफ्ना सबै दाँत गुमाउने गरेका छन्, किनभने वयस्क दन्तको देखभालका कार्यक्रमहरूले गरिबहरुको ठूलो जनसङ्ख्यालाई छोएको छैन ।” एल्स्टन अझ अगाडि भन्छन्, “धेरै गरीब समुदायमा घातक रोगका कारण मृत्यु दर ठूलो छ । र, पारिवारिक र सामुदायिक विनाशका कारण उनीहरु नशा तथा अन्य लागूपदार्थको लतमा फसेका छन् ।”

उनी जोड दिन्छन् कि धनको चरम केन्द्रीकरणले अमेरिकी लोकतन्त्रको जगलाई क्षय गरेको छ । उनी लेख्छन्, “त्यस्तो कुनै अर्को विकसित देश छैन जहाँ धेरै मतदाताहरू असक्षम छन् … र जहाँ साधारण मतदाताहरूले अन्ततः राजनीतिक परिणामहरूमा धेरै कम प्रभाव पारेका हुन्छन्।”

वयस्क र वृद्ध गरिब अमेरिकीहरु ।

आफ्नो आइतबारे संस्करणमा,  न्यू योर्क टाइम्सले “असमानता सिर्जना गरेको विधेयक”  (The tax bill that Inequality Created) शीर्षकको सम्पादकीय छाप्यो । सो अखवारले “गरिब र मध्यम वर्ग बाहेकबाट फाइदा लिँदै निगमहरु र धनीमाथि असीमित ब्रेक लगाउन”का लागि कांग्रेस (अमेरिकी संसद) मार्फत् बलपूर्वक ल्याइएको उक्त बिललाई आलोचना गरेको छ । सम्पादक थप भन्छन्, “धेरैले महसुस नगरेको हुन सक्ने कुरा यो छ कि बढ्दो असमानताले विधेयकलाई पहिलो स्थानमा पुर्याउन मद्दत गर्यो ।” “जनताका सानाभन्दा साना समूह” ” आफ्ना स्वार्थको सेवाका लागि अमेरिकी राजनीतिलाई” मोड्ने उपायको खोजीमा  “प्रभावको दृष्टिमा मुख्य शक्तिशाली सर्जक” बनेका छन् ।”…….धनी परिवारहरुले प्रगतिशील कर, कल्याणकारी कार्यक्रमहरु र कुनै किसिमको सरकारी नियमनको विपक्षमा रहेका उम्मेदवारहरुलाई समर्थन गरेका छन्” ।

सम्पादकहरू रिपब्लिकनहरूमा जटिल छेकेबार तेर्स्याउँछन्, यद्यपि उनीहरूले “वाल स्ट्रीट र कर्पोरेट अमेरिकाका अनुदानहरूले … धेरै डेमोक्रेटहरूलाई केन्द्रतिर धकेल्छन् वा अझ उनीहरुलाई वित्तीय नियमन, अन्तर्राष्ट्रिय व्यापार, एन्टिट्रस्ट नीति र कल्याणकारी सुधारजस्ता मुद्दाहरूमा दाँयातिर धकेल्छन्।”

अमेरिकी समाजको टाइम्स चित्र र यसको प्रिस्क्रिप्सनबीच मिल्ती छैन, जो अन्तमा, डेमोक्रेटिक पार्टीको समर्थनमा रहन्छ । अलाबामाको दक्षिणपन्थी डेमोक्रेट डग जोन्सको चुनावी गतिविधिलाई नियाल्दै एक सबूतको रुपमा सम्पादकीय निष्कर्ष रहन्छ कि “अमेरिकामा असमानता आत्मपीडक हुनु हुँदैन।”

टाइम्सले सन् १९१६ को चुनावमा हिलारी क्लिन्टनको उम्मेदवारीलाई मनैदेखि आडभरोसा दिएको कुरालाई उल्लेख गर्न उपयुक्त ठान्दैन । क्लिन्टन “वाल स्ट्रिट र कर्पोरेट अमेरिका” प्रति आभारी छिन् । त्यस्तै उनले आफूले नै गत महिना मात्रै कर्पोरेट कर कटौतीलाई पूर्ण समर्थन गर्ने घोषणा गर्दै प्रकाशित गरेको सम्पादकीयलाई पनि पुनर्सम्झना गर्दैनन् । कर्पोरेट कर कटौती रिपब्लिकनहरुको कर योजनाको हृदय हो । टाइम्स लेख्छ, “यदि रिपब्लिकनहरु डेमोक्रेटहरुसँग काम गर्थे भने तिनीहरु उच्च कर्पोरेट कर दरलाई तल झार्ने सवालमा एउटा सम्झौतामा पुग्न सक्थे” ।

टाइम्सको ब्याख्यालाई पूर्ण बेवास्ता गर्दै गरिने विश्लेषण हेर्ने हो भने अमेरिका किन र कसरी यस बिन्दुमा आइपुगेको छ भन्ने ठाउँमा आइपुगिन्छ, अथवा त्यो अमेरिकाको भविष्यमा कति ठूलो स्तरको सामाजिक असमानता आउँदैछ भन्ने एउटा संकेत हो । यस्तो किन हो भने यो आफैले पुँजीवादी प्रणालीप्रति प्रश्न गर्दैछ, जसलाई त्यस अखवारले खुला दिलले समर्थन गर्दछ ।

वर्तमानको अवस्था बारेको कुरो कहिँकतै उठेन । न कि यो एकल पार्टीको केबल अपराधिक कार्वाहीको प्रतिफल हो । शासनका रुपहरु अथवा “किङ्गमेकरहरु” को उदय लामो इतिहासको उद्विकासको नतिजा हो ।

बिसौं शताब्दीको अमेरिकी पुँजीवादको बैचारिक जग, “अमेरिकी सपना”, त्यो बिचारले अमेरिकी पुँजीवादी विकासले  “सबै डुङ्गाहरुलाई माथि उठाउँछ” भन्थ्यो, त्यसले हरेक पछिल्लो पिँढी अघिल्लोभन्दा राम्रो नै हुन्छ भन्ने मान्यता राख्थ्यो । अहिले यो सुदूर अतितको सम्झना मात्र हो ।

गत शताब्दी (बिसौं शताब्दी)को पूर्वार्द्धमा अमेरिकी शासक वर्गले रुसमा भएको समाजवादी क्रान्तिको प्रभावबाट अमेरिकामा उठेको वर्ग सङ्घर्ष र समाजवादी क्रान्तिको खतरालाई रोक्न सामाजिक सुधारहरु गर्यो । तिनीहरु रुज्वेल्टको नयाँ सुधार ( सामाजिक सुरक्षा सहित), धनीहरुलाई बढी कर लाग्ने ब्यबस्था र १९६० को महान् सामाजिक कार्यक्रमहरु (मेडिक्येर : अमेरिकी सरकारले ६५ वर्ष नाघेका तथा ६५ वर्ष मुनिका विशेष अपाङ्ग आफ्ना नागरिकहरुका लागि बिरामी हुँदा अस्पतालको उपचारका लागि स्थापना गरेको र स्वैच्छिक रुपमा सुरु गरेको उपचार विमा र मेडिकाइड : खास आयका कुनै पनि उमेर समूहका अमेरिकी नागरिकहरुका लागि संघीय, राज्य र स्थानीय सरकारले अनुदान दिने गरी अस्पतालमा भर्ना हुन तथा औषधोउपचारको लागि आवश्यक खर्च जुटाइदिने सरकारी कार्यक्रम सहित) हुन् ।

तथापि, यो ब्यबस्था बैंक र निगमहरूको निजी स्वामित्वको आधारमा सामाजिक र आर्थिक प्रणालीको संरक्षणको ढाँचा भित्र कार्यान्वयन गरिएको थियो। साथै, तिनीहरू अमेरिकन पूंजीवादको बल र विश्व अर्थव्यवस्थामा यसको निरन्तर बर्चश्व कायम गर्न राखिएका थिए ।

सत्ताधारी वर्गको रणनीतिमा आएको परिवर्तनले अमेरिकी पुँजीवादको अवस्थालाई बदलिदियो । गत आधा शताब्दीमा, शासक वर्गले आफ्नो आर्थिक अवस्थामा आएको चरम अवनतिलाई वाह्य रुपमा सैन्य आक्रमण र आन्तरिक रुपमा सामाजिक स्रोतलाई जनसमुदायको ठूलो हिस्साबाट मुठ्ठीभरका धनाढ्यहरुतर्फ पुनर्वितरण गरी समाधान गर्न खोज्यो ।  यी नतिजाहरु सामाजिक असमानताको बक्र रेखामा देख्न सकिन्छ, जसले माथिल्लो एक प्रतिशतले स्थिर रूपमा धन र आयको ठूलो हिस्सा प्राप्त गरेको देखाउँछ।

यो प्रक्षेपणले डेमोक्रेट र रिपब्लिकन दुवैको शासनमा निरन्तरता पाएको छ। टाइम्स सम्पादकीयले विगत तीन दशकमा असमानताको ठूलो वृद्धि भएको उल्लेख गरेको छ । यद्यपि, यस अवधिको समयमा डेमोक्रेटहरूले १६ वर्षसम्म राष्ट्रपतिको पद आफ्नो हातमा पारे (क्लिन्टले दुई कार्यकाल, ओवामाले दुई कार्यकाल), जबकि रिपब्लिकनहरुले राष्ट्रपति पद १२ वर्ष (सिनियर बुशले एक कार्यकाल, जुनियर बुशले दुई कार्यकाल) सम्म मात्र पाए। गैरनियमन एवं वित्तीयकरण प्रक्रिया र सामाजिक कार्यक्रमहरुको न्यूनीकरण बेरोकतोक जारी छ, चाहे कुनै राजनीतिक दलले व्हाइट हाउस र कैपिटल हिलमा नियन्त्रण गरेको होस् नहोस्।

अमेरिकी समाजका सबै संस्थाहरुले यो सामाजिक प्रतिक्रान्तिमा आ-आफ्नो भूमिका निभाएका छन् । ट्रेड यूनियनहरुले स्वयंलाई नै कार्पोरेट व्यवस्थापनको परिमार्जनमा रुपान्तरण गरेका छन्, श्रमिक संगठनहरु हुनुका नाताले दावी गरिएका सबै मागहरुलाई छाडेका छन् । १९८० को दशकमा अमेरिकी शासक वर्गले अमीर वर्गको ज्यादतिविरुद्ध हुने प्रत्येक हड्ताल वा संघर्षलाई अलग पार्ने र दबाउने गर्यो । आजभोलि, तिनीहरुले सत्तारुढ वर्गका लागि सस्तो श्रम ठेकेदार र औद्योगिक पुलिसको ब्यबस्था मिलाएका छन्, जबकि उनीहरूलाई नियन्त्रण गर्ने उच्च-मध्य वर्गका संचालकहरूका लागि आरामदायी हलुका काम उपलब्ध गराउँछन् ।

ट्रम्प प्रशासन र यसको कर विधेयक, नैतिक रुपले पर रहेको, वर्ग स्वार्थ नीतिको निरंतरता हो। अमेरिकन समाजको अवस्था – जसलाई संसारभरिका सत्ताधारि वर्गहरुले एक मोडेलको रूपमा हेर्छन् – त्यसले मार्क्सवादलाई पुष्टि गर्दछ । पूंजीवादमा मानवताको विशाल बहुमतको रुपमा रहेको कामदार वर्ग र शासक अभिजात वर्गबीच कहिल्यै समधुर नहुने संघर्ष विद्यमान हुन्छ । राज्य एक तटस्थ न्यायदाताको रुपमा रहेको छैन,  बरु वर्ग शासनको एक साधन बनेको छ । सामाजिक र आर्थिक जीवन पुन: निर्माणको उद्देश्य पूरा गर्न कामदार वर्ग आफै स्वतन्त्र रुपमा संगठित हुनुपर्छ।

यस दृष्टिमा डेमोक्रेटहरु रिपब्लिकनहरुभन्दा कम आतातायी छैनन् । त्यसैले रूसविरोधी अभियानदेखि हालैका यौन दुर्व्यवहार हिंसासम्मलाई आम मानिसबीच बङ्ग्याउने तथा गलत ढङ्गले ब्याख्या गर्ने अन्तहिन प्रयासहरू न्यूयोर्क टाइम्सले बढाइरहेको छ ।

जब अमेरिकामा मजदुरहरुको संगठन (वर्कर्स लिग) ले २२ वर्षअघि समाजवादी समता पार्टी (सोसलिष्ट इक्वालिटी पार्टी) गठन गर्ने निर्णय लियो, तब राजनीतिक वृत्तमा एउटा उल्लेखनीय प्रभावकारी रुप देखापर्यो । त्यो थियो, “अकुत सम्पत्ति उपभोग गरिराखेका जनसङ्ख्याको सानो प्रतिशतको हिस्सा र भिन्नभिन्न मात्रामा अनिश्चित आर्थिक अवस्था र संकट झेलिरहेका कामदार वर्गको ठूलो हिस्साको जनसङ्ख्याबीचको बढ्दो फासला” ।

यो विश्लेषण पछिल्ला दुई दशकहरूमा पुष्टि भएको छ ।  जस्तो कि बढ्दो सामाजिक असमानताको हावाहुरी पूंजीवादी प्रणालीको अनिवार्य परिणाम हो,  त्यस्तै नै समाजको समाजवादी रुपान्तरण पनि अमेरिकी र मुठ्ठिभर धनाढ्य वर्ग, जसको मुठ्ठीमा सामाजिक र आर्थिक जीवन कैद हुँदा मानव जातिको प्रगतिमा मुख्य अवरोध खडा भएको छ, त्यो वर्गको बर्चश्व एवं सामाजिक असमानता ब्याप्त भएको विश्व समाजबाट छुट्कारा पाउने एक मात्र साधन हो ।

  • अन्ड्रे डेमोन

साभार : वर्ल्ड सोसलिस्ट वेभसाइट

अनुवाद : तुल्सीदास महर्जन

 

(Visited 47 times, 1 visits today)

टिप्पणी

comments