Main Menu

हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण छैन– चीन

hydrogen-bomb-no-threat-radiationभदौ २६, बेइजिङ । गत हप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ ।

उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो ।

चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले गरेको सो अध्ययनपछि यो तथ्य बाहिर आएको हो । उक्त मन्त्रालयले गरेको अध्ययनमा वातावरणलाई अथवा मानवीय स्वास्थ्यलाई असर पर्ने खालका कुनै पनि विकीरणहरु नपाइएको जनाइएको हो ।

चीनको सो मन्त्रालयको वेभसाइटमा दिइएको छ– यसरी गरिएको अध्ययनमा उत्तर कोरियाले हालै गरेको सो परीक्षणका कारण वातावरणीय रुपमा असर पार्ने खालका कुनै पनि तत्व वा विकीरणहरु भेटिएका छैनन् ।

उत्तर कोरियाले गरेको सो परीक्षणपछि चीनले गएको ८ दिनदेखि सो परीक्षणबाट उत्पन्न हुनसक्ने वातावरणीय खतराको बारेमा अनुसन्धान गरेको थियो । उक्त परीक्षणपछि सोमबार यो तथ्य बाहिर ल्याएको हो ।

उत्तर कोरियाले यस पटक गरेको छैठौँ पटकको परीक्षण यसअघिका सबै परीक्षणभन्दा शक्तिशाली भएको बताइएको छ ।

यसै परीक्षणका कारण उत्तर कोरियामा मात्र नभएर दक्षिण कोरिया र चीनमा पनि कम्पन महसुश गरिएको थियो । उक्त परीक्षण हाइड्रोजन बम मिश्रित भएकोले यसबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका विकीरणहरु पनि पाइनसक्ने बताइएको थियो ।

यस परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै विकीरणहरु नभेटिएको समाचार यसअघि पनि जापानले सार्वजनिक गरेको थियो । 

(Visited 18 times, 1 visits today)

टिप्पणी

comments