Main Menu

इर्मा आँधीले अमेरिकामा ठूलो विनाश गर्नसक्ने चेतावनी

hurricane-irma-devastating-warning

टर्क्स र काइकोस टापुका अधिकांश क्षेत्र विनाश भइसकेका छन् ।

भदौ २३, फ्लोरिडा । इर्मा आँधीले अमेरिकामा ‘ठूलो विनाश गर्नसक्ने’ र ‘अविश्वसनीय रुपमा खतरनाक’ हुने अमेरिकाको फेडरल इमर्जेन्सी मेनेज्मेन्ट एजेन्सी (फेमा) ले चेतावनी दिएको छ ।

अमेरिकी अधिकारीहरु अहिले इर्मा आँधीको लागि विपद व्यवस्थापनको तयारी गरिरहेको छ । यो आँधी शनिबार बेलुकासम्म (स्थानीय समयअनुसार शनिबार बिहानसम्म) फ्लोरिडामा पस्ने अनुमान छ ।

आज एक पत्रकार सम्मेलनमा बोल्दै फेमाका प्रबन्धक ब्रक लङले १ लाख मानिसहरुलाई स्थानान्तरण गरिनुपर्ने र फ्लोरिडा राज्यका केही क्षेत्रहरुमा केही दिनसम्म विद्युत आपूर्ति बन्द हुने चेतावनी दिएका छन् ।

वाशिङ्टन अवस्थित फेमा हेडक्वार्टरमा बोल्दै लङले आँधीको सम्भावित मार्गमा रहेका वासिन्दाहरुलाई ‘अहिले नै घरबाट निस्कन’ सुझाव दिएका छन् ।

लङका अनुसार अहिले आउन लागेको इर्मा आँधी जत्रो आँधी फ्लोरिडामा बसोबास गर्ने कसैले पनि कहिल्यै अनुभव नगरेको बताएका छन् । ‘मौसम पूर्वानुमानका अनुसार इर्मा आँधी यसै हप्ताको अन्त्यतिर फ्लोरिडा छिर्ने’ र त्यस आँधीको प्रभाव विनाशकारी हुने उनले बताए ।

फ्लोरिडा राज्यका केही होचा क्षेत्रका वासिन्दाहरुलाई चेतावनी दिइनुपर्ने र तिनीहरुलाई तत्काल अन्य स्थानमा स्थानान्तरण गरिनुपर्ने लङ बताउँछन् ।

फेमाका ८ हजारभन्दा बढी कार्यकर्ताहरु इर्मा आँधीको लागि विपद व्यवस्थापनको तयारी गरिरहेको बताइएको छ ।

द इन्डिपेन्डेन्ट

(Visited 8 times, 1 visits today)

टिप्पणी

comments