Main Menu

यसरी बढिरहेका छन् अमेरिकामा गोलीकाण्डका घटनाहरु

असोज १९

how-mass-shootings-are-increasing-in-americaसन् १९८० को दशकमा अमेरिकामा ८ वटा गोलीकाण्डहरु भए थिए । ती गोलीकाण्डहरुमा प्रत्येक घटनामा औसतमा ३ जनाको मृत्यु भएको थियो । सबैभन्दा ठूलो गोलीकाण्ड क्यालिफोर्नियाको म्याकडोनल्ड्समा भएको थियो, जसमा २२ जनाको ज्यान गएको थियो ।

९० को दशकमा गोलीकाण्डका घटनाहरु बढे । सन् १९९४ मा अर्ध–स्वचालित हतियारको कानूनमा केही कडाइ गरिए पनि उक्त दशकमा २३ गोलीकाण्डहरु घटे, जसमा १६९ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९९ मा कोलम्बाइनको एक हाई स्कुलमा भएको गोलीकाण्डपछि तात्कालीन राष्ट्रपति बिल क्लिन्टनले भनेका थिए, ‘यदि लिटल्टन जस्तो ठाउँमा यस्तो हुनसक्छ भने यो चुनौतीका आयामहरुप्रति सायद अब अमेरिका जाग्नेछ र हामी यस्ता घटनाहरु अब रोक्न सक्छौँ ।’

तर गोलीकाण्डहरु रोकिएनन् ।

सन् २००० को दशकमा २० गोलीकाण्डहरु भए । गोलीकाण्डका घटनाहरु संख्यात्मक रुपमा घटे पनि ती घटनाहरुमा बढी सर्वसाधारणको ज्यान गयो, १७१ जनाको ।

भर्जिनिया टेक युनिभर्सिटीमा बन्दुकधारीले ३२ जनाको ज्यान लियो । अमेरिकी आधुनिक इतिहासमा त्यो सबैभन्दा ठूलो गोलीकाण्ड थियो ।

सन् २०१० पछि गोलीकाण्डको दर बिस्तारै बढ्न थाल्यो । कनेक्टिकटको स्याण्डी हुक एलेमेन्टरी स्कुलमा एक बन्दुकधारीले २८ बालबालिकाहरुको ज्यान लियो । ओर्लान्डोको एक रात्रीक्लबमा ४९ जना मारिए । उक्त गोलीकाण्ड बाराक ओबामाको राष्ट्रपति कालको ३३ औँ गोलीकाण्ड थियो ।

‘यो गोलीकाण्डले हामीलाई फेरि पनि के सम्झदा दिलाएको छ भने कुनै व्यक्तिलाई हतियार प्राप्त गर्न कति सजिलो छ र त्यो हतियारले कति सजिलै उसले कुनै विद्यालयमा वा कुनै पुजास्थलमा वा कुनै सिनेमा हलमा वा कुनै नाइटक्लबमा निर्दोष सर्वसाधारणको ज्यान लिन सक्छ,’ घटनापछि बाराक ओबामाले भन, ‘हामी यस्तै मुलुकमा रहन चाहन्छौँ कि चाहँदैनौँ, हामीले निर्णय गर्नु छ ।’

गत हप्ता लस भेगसमा भएको गोलीकाण्डमा ५८ जनाको ज्यान गयो । सन् २०१० पछिको ४० औँ सो गोलीकाण्ड आधुनिक अमेरिकी इतिहासको सबैभन्दा ठूलो गोलीकाण्ड हो । यसले पछिल्लो ७ वर्षमा गोलीकाण्डबाट मारिने सर्वसाधारणको संख्या ३५० पुगेको छ ।

अमेरिकामा घटेका ९१ गोलीकाण्डहरुमध्ये ३ घटनामा मात्र महिलाहरुको संलग्नता थियो । र ६० प्रतिशत घटनाहरुमा अपराधी गोरो वर्णका व्यक्ति छन् । र, तीनचौथाइ घटनाहरुमा अपराधीले कानूनअन्तर्गत रही खरिद गरिएका हतियारहरु प्रयोग गरेको पाइएको छ ।

बिबिसी

(Visited 19 times, 1 visits today)

टिप्पणी

comments