Main Menu

स्वास्थ्य मन्त्रालयबाट स्थानीय तहलाई अधिकार हस्तान्तरण सुरु

देशैभरका प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति विघटन

भदौ १६, काठमाडौं । नयाँ नेपालको संविधानले स्थानीय तहलाई स्वास्थ्य, शिक्षा, विकास निर्माण, कानुन निर्माण, न्याय सेवालगायत सरकारले गर्ने थुप्रै कार्य स्थानीय सरकारको हैसियतमा गर्ने गरी अधिकार प्रदान गरेको छ । अहिले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भई ६ वटा प्रदेशमा स्थानीय तह निर्माण भइसकेको छ । यसैबीच संविधान अनुसार स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयले आफ्नो क्षेत्राधिकार भित्रको कार्यकारी अधिकार हस्तान्तरण गर्ने काम सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार गत भदौ ९ गते मन्त्रालयले निर्णय गरी देशैभरका सार्वजनिक प्राथमिक स्वास्थ्य केन्द्रहरु, मातहतका आयुर्वेदिक औषधालयहरु, स्वास्थ्य चौकी तथा उप-स्वास्थ्य चौकीहरुका विद्यमान व्यवस्थापन समितिहरु खारेज गरी ती सबै सार्वजनिक स्वास्थ्य संस्थाहरु स्थानीय तहको जिम्मामा रहने गरी अधिकार हस्तान्तरण गरिएको छ । मन्त्रालय स्रोतका अनुसार अबदेखि नगरपालिका तथा गाउँपालिकाहरुले नै आ–आफ्नो क्षेत्रमा रहेका सार्वजनिक प्राथमिक स्वास्थ्य केन्द्रहरुको व्यवस्थापन गर्नेछन् र त्यसको लागि मन्त्रालयले बजेट स्थानीय तहहरुमा पठाउनेछ ।

 

(Visited 2,858 times, 4 visits today)

टिप्पणी

comments