Main Menu

स्वास्थ्यमन्त्री पोखरेल अस्पतालबाट डिस्चार्ज

health-minister-pokharel-dischargedभदौ १८, काठमाडौँ । विगत एक सातादेखि उपचाररत स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई वीर अस्पतालबाट आज डिस्चार्ज गरिएको छ । स्वास्थ्य लाभ भएपछि आज दिउँसो १ बजेतिर उनी डिस्चार्ज भएको स्वकीय सचिव सुदर्शन पराजुलीले एक विज्ञप्तिमार्फत् बताएका छन् ।

८ दिनको अस्पताल बसाइपछि मन्त्री पोखरेललाई आज डिस्चार्ज गरिएको हो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य हुने क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री पोखरेलको उपचारमा अहोरात्र खटिएका सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वकीय सचिव पराजुलीले धन्यवाद व्यक्त गरेका छन् । विज्ञप्तिमा वीर अस्पतालका निर्देशक प्रा. डा. भूपेन्द्र बस्नेत, डा. सुरेन्द्रलाल श्रेष्ठलगायत अस्पताल व्यवस्थापन पक्ष, प्रशासन तथा सम्पूर्ण कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गरिएको छ ।

त्यस्तै, भिजिटिङ डाक्टरका रुपमा आउने डा. रमेश चोखनि, डा. अर्जुन कार्की, डा. यादव देव भट्टलगायत उपचारमा संलग्न सम्पूर्ण चिकित्सकप्रति पराजुलीले विशेष धन्यवाद व्यक्त गरेका छन् ।

सैगरी, मन्त्री पोखरेलको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रत्येक्ष र अप्रत्येक्ष रुपमा स्वदेश तथा विदेशबाट र अस्पतालमै उपस्थित भएर स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण महानुभावप्रति पनि धन्यवाद ज्ञापन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तराईका बाढीपीडित क्षेत्रमा स्वास्थ्य सेवामा खटिरहेको अवस्थामा मन्त्री पोखरेललाई अस्वस्थ भएपछि गत भदौ ११ गते वीर अस्पतालमा भर्ना गरिएको थियो ।

(Visited 18 times, 1 visits today)

टिप्पणी

comments