Main Menu

स्टेफन हकिङ्गको पिएचडी थेसिस सार्वजनिक, तर एउटा सानो समस्या छ

कात्तिक ७, काठमाडौँ

hawking-phd-thesis-publicly-availableवैज्ञानिक स्टेफन हकिङ्गको पिएचडी थेसिस तपाईं–हामी सर्वसाधारणले पनि पढ्न पाउने भएको छ । सन् १९६६ मा हकिङ्गले लेखेको उक्त थेसिस पहिलोपटक सार्वजनिक गरिएको हो ।

‘प्रपर्टिज अफ एक्स्पान्डिङ युनिभर्सेज’ (फैलिरहेका ब्रम्हाण्डहरुका विशेषताहरु) नामक उक्त थेसिस सार्वजनिक गरिएपछि त्यसको अत्यधिक मागका कारण क्याम्ब्रिज विश्वविद्यालयको डक्युमेन्टहरु भण्डारण गर्ने वेबसाइट नै डाउन भएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयले हकिङ्गको थेसिस आइतबार राति सार्वजनिक गरेको थियो ।

‘प्रोफेसर हकिङ्गको पिएचडि थेसिस सार्वजनिक गर्ने हाम्रो निर्णयप्रति अविश्वसनीय प्रतिक्रिया आएको छ,’ क्याम्ब्रिज विश्वविद्यालयका एक प्रवक्ताले भने, ‘उनको थेसिस २४ घण्टामा ६० हजारभन्दा बढी डाउनलोड भइसकेका छन् ।

‘त्यसैले उनको थेसिस राखिएको साइट केही ढिलो चल्ने वा कुनैकुनै समय पूरै नचल्ने पनि हुनसक्छ ।’

यद्यपि, अहिले सो वेबसाइट पूर्ण रुपमा डाउन नै छ । विश्वविद्यालयले वेबसाइटको क्षमता नबढाएसम्म सार्वजनिक गरिएको हकिङ्गको थेसिस डाउनलोडको लागि उपलब्ध हुनसक्ने अवस्था छैन ।

अपडेट ः वैज्ञानिक स्टेफन हकिङको पिएचडी थेसिस अब उपलब्ध छ । सो थेसिस डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

(Visited 364 times, 1 visits today)

टिप्पणी

comments