Main Menu

बितेका साहित्यकार घनश्याम ढकाललाई सम्झिँदै

फागुन १, पोखरा

ghanashyam-dhakal-special-edition-emulyankan

चर्चित साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष बितेका घनश्याम ढकाललाई आज यहाँ एक गोष्ठी आयोजना गरी सम्झिँदैछ । घनश्याम ढकाल साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित र गण्डकी साहित्य सङ्गम सह आयोजक रहेको यस गोष्ठीमा प्रलेसका अर्का पूर्व अध्यक्ष निनु चापागाईं, प्रा. डा. ताराकान्त पाण्डेय, प्रा. डा. पशुपतिनाथ तिमल्सेना, सरिता तिवारीलगायतका व्यक्तित्वहरुले बितेका साहित्यकार घनश्याम ढकालको व्यक्तित्व, जीवन यात्रा र कृतित्वबारे आआफ्नो धारणा प्रस्तुत गर्दैछन् ।

माओवादी जनयुद्धमा आफ्नो छोरासमेत गुमाएका बितेका साहित्यकार घनश्याम ढकालले आफ्नो पूरै जीवन देश, जनता र पूरै विश्वका लागि साहित्य सिर्जना गरी खर्च गरे । २०६८ फागुन १ गते राजधानी काठमाडौंको खुलामञ्चमा आयोजना हुन गइरहेको जनयुद्ध दिवसमा भाग लिनका लागि त्यसतर्फ जाँदै गर्दा प्रदर्शनी मार्गमा मोटरसाइकलको ठक्करबाट उनको निधन भएको थियो ।

ईमूल्याङ्कनले बितेका साहित्यकार घनश्याम ढकालको स्मृतिमा उनीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उनका तथा उनीसँग सम्बन्धित अरु साहित्यकार एवं व्यक्तित्वहरुले लेखेका रचनाहरु यहाँ प्रस्तुत गर्दछ ।

१. शब्दचित्रमा प्रगतिवादी साहित्यकार घनश्याम ढकाल

२. शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

३. हामी दुई [कथा – घनश्याम ढकाल]

४. मेरो दृष्टिमा घनश्याम ढकाल – मातृका पोखरेल

५. घनश्याम मामा र नयाँ मेच [संस्मरण] – शारदा शर्मा

६. दाइ बिदाइको लामो रात – सिर्जना ढकाल

७. घनश्याम ढकाल सर्वहारावर्गको अर्ग्यानिक बुद्धिजीवी हुनुहुन्थ्यो – निनु चापागाईं [अन्तर्वार्ता]

 

 

(Visited 63 times, 1 visits today)

टिप्पणी

comments