Main Menu

कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार, नेपाल पत्रकार महासंघको आपत्ति

कार्तिक २८, काठमाडौं
समाचार संकलन गर्न आइतवार इन्स्टिच्युट अफ मेनेजमेन्ट इस्टडिज आइ एम एस कलेज पुगेका टि भी टूडे टेलिभिजनका पत्रकारमाथि कलेजले गरेको दुर्व्यवहार र प्रहरीको गिरफ्तारप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय , काठमाडौंले गम्भीर आपत्ति जनाएको छ । 

महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारको संवैधानिक र कानुनी अधिकार कुण्ठित गर्ने उक्त घटनाको घोर भत्सर्ना गरेको छ । महासंघले उक्त घटनाको विरोध जनाउँदै दोषीमाथि कानुनी कारवाही गर्न र घटना दोहोरिन नदिन सम्वन्धित पक्षसँग माग गरेको महासंघका महासचिव रमेश बिष्टले बताए ।

समाचार संकलनका क्रममा टि भी टूडे टेलिभिजनका सम्वाददाता कान्ता गिरी र क्यामेरा पर्सन सुदर्शन खत्रीमाथि आइ एम एस कलेजका प्रिन्सिपल भावना राणालगायत कलेजका कर्मचारीहरुले दुर्व्यवहार गरी उल्टै प्रहरी प्रशासन बलाई अनामनगर प्रहरी बृत्तमा करिव चार घण्टा नियन्त्रणमा राखिएको थियो । उक्त घटना प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लंघन भएको महासंघले  ठहर गरेको छ ।

(Visited 27 times, 1 visits today)

टिप्पणी

comments