Main Menu

मुलुक निर्वाचनमय बनेको छ : सञ्चारमन्त्री

election-environment-whole-nationभदौ २५, नवलपरासी । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताएका छन् ।

नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं. २ को निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताए ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको बताए ।

तराईका जिल्लामा आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताए ।

(Visited 6 times, 1 visits today)

टिप्पणी

comments