Main Menu

आठ ग्रहको नयाँ सौर्य मण्डल पत्ता लाग्यो

यो अहिलेसम्म पत्ता लागेको सबभन्दा ठूलो वाह्य सौर्य प्रणाली हो ।

केपलर ९० को रुपमा चिनिने यो तारा हाम्रो सूर्यभन्दा केवल थोरै तातो र ठूलो छ । खगोलविदहरुलाई पहिलेदेखि नै यस तारा वरपर सात ग्रहहरु भएको थाहा थियो।

वैज्ञानिकहरुका अनुसार नयाँ पत्ता लागेको संसारमा चट्टानी खण्ड एकदम सानो छ।

“यसले केप्लर ९० लाई हाम्रो सौर्य मण्डलजस्तै धेरै ग्रहहरु हुने पहिलो ताराको रुपमा देखाउँछ” यो खोजीमा योगदान पुर्याएका गुगलका एक सफ्टवेयर इन्जिनियर क्रिस्टोफर शालु भन्छन् ।

पृथ्वी आकारका सात ग्रहहरु

गुगलका ईन्जिनियरहरूले ग्रहहरु खोजीका लागि एक प्रकारको कृत्रिम ज्ञान प्रयोग गरे । ती ग्रहहरू अघिल्ला खोजीहरूमा छुटेका थिए।

अहिलेको खोज नासाको केपलर स्पेस टेलिस्कोपद्वारा गरिएका अवलोकनहरुबाट प्राप्त सूचनाहरुमा आधारित थियो ।

अहिले पत्ता लागेका ग्रहहरु यिनीहरुको अभिभावक तारा वा सूर्यबाट  धेरै टाढा छन्, २ हजार ५ सय ४५ प्रकाश वर्ष टाढा छन् । तर, यो ग्रह प्रणाली हाम्रो सौर्य मण्डलजस्तै प्रकारको तरिकामा संचालित हुन्छ ।

अस्टिनस्थित टेक्सास विश्वविद्यालयका सह-खोजकर्ता एन्ड्रयू भान्डरर्गले भने: “केप्पर-९० सौर्य प्रणाली हाम्रो सौर्य प्रणालीको मिनी संस्करणजस्तो छ । जस्तो कि यसमा पनि साना ग्रहहरू भित्र र ठूलाठूला ग्रहहरू बाहिर छन्, तर सबै वस्तुहरु नजिकमा एकत्रित छन् । “

यस सौर्य प्रणालीमा हाम्रोमा जुन दूरीमा पृथ्वीले सूर्यलाई आफ्नो कक्षमा परिक्रमा गर्छ, त्यसरी नै यसका वाह्य ग्रहहरुले आफ्नो अभिभावक तारा वा सूर्यलाई घुम्छ । यसले ग्रहहरु आफ्नो सूर्यबाट कति नजिक छन् भन्ने अनुभूति दिलाउँछ ।

किनभने यो नयाँ संसार, जसलाई केपलर ९० आई भनिन्छ, यस भित्रको ग्रह यति नजिक छ कि त्यसले आफ्नो सूर्यलाई हरेक १४.४ दिनमा एक फन्को मार्दछ । यसको सतहको तापक्रम लगभग ४२५ सेल्सियस हुने अनुमान गरिएको छ ।

अहिले प्रयोग गरिएको मेशिन लर्निङ टेक्निक एक अर्को सूर्यलाई परिक्रमा गर्ने केपलर ८० जि नामको ग्रह पत्ता लगाउन पनि प्रयोग गरिएको थियो ।

हालका दशकहरुमा अन्य सूर्यहरुलाई परिक्रमा गर्ने ३ हजार ५ सय नयाँ ग्रहहरु पनि पत्ता लागि सकेको दस्तावेज तयार भएको छ।

  • पल रिन्कोन, बीबीसी
(Visited 46 times, 1 visits today)

टिप्पणी

comments