Main Menu

यसरी जुटाउन सकिन्छ शिक्षामा बजेट – शिक्षाविद्को सुझाव

पुस ८, काठमाडौँ

नयाँ संविधानले शिक्षा पनि जनताको मौलिक हकको रुपमा उल्लेख गरेको छ । निर्वाचनमा पार्टीहरुले पनि शिक्षालाई जोड दिएको देखिन्छ ।

तर, निर्वाचनपछि बजेट नभएको भनी संविधान कागजको खोस्टो र पार्टीहरुको प्रतिबद्धता जनता झुक्याउने फोस्रो नारा हुन जाने सम्भावना पनि छ । जनता सचेत भएन भने यो दुर्घटना नहोला भन्न सकिन्न ।

बजेट छैन भन्नेहरुलाई विज्ञहरुले स्रोत देखाइदिनुपर्ने जिम्मेवारी महसुस गरी शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षाका लागि स्थानीइ सरकारलाई बजेटको स्रोत देखाइदिएका छन् ।

यसरी जुटाउन सकिन्छ बजेटeducation-budget-ideas

  • अहिले बहुमत ल्याएको वाम गठबन्धनले शिक्षामा २० प्रतिशत बजेट छुटयाउने भनेको छ । त्यो वाचा पूरा गर्न लगाउन सकिन्छ ।
  • बालबालिकाका लागि दुई तरिकाले कर लगाउन सकिन्छ – स्थानीय तहले सबैलाई बालबालिकाको शिक्षाका लागि कर लगाउने वा जसका छोराछोरी विद्यालयमा पढ्छन्, उनीहरूलाई कर लगाउने ।
  • स्थानीय तहले जोसँग रकम छ, उसैसँग ससर्त लगानीका लागि आग्रह गर्ने, उनीहरूसँग रकम माग गर्ने ।
  • स्थानीय तहमा भएका प्राकृतिक स्रोत उत्खनन गरी त्यसको बिक्रीबापत आउने रकम शिक्षामा लगानी गर्न सकिन्छ ।
  • प्रदेशमा आउने उद्योग , विभिन्न आयोजनाको निश्चित प्रतिशत शिक्षाका लागि विनियोजनको व्यवस्था गर्न सकिन्छ ।
  • व्यापार व्यवसाय गर्नेलाई सामाजिक उतरदायित्वअन्तर्गत रकम असुली गर्ने र शिक्षामा लगानी गर्न सकिन्छ ।

स्रोत – नयाँपत्रिका दैनिक

(Visited 16 times, 1 visits today)

टिप्पणी

comments