Main Menu

डिआइजी सिलवालको रिट सर्वोच्चद्वारा खारेज

 

dig-silwal-writ-dismissedभदौ २७, काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज गरको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज खारेज गरेको हो । सरकारले ४ वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको छ ।

प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले सो फैसला गरको हो ।

(Visited 4 times, 1 visits today)

टिप्पणी

comments