Main Menu

उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी बम विष्फोट

मंसिर १७, वालिङ, स्याङ्जा

deputy-pm-shrestha-targeted-explosionउपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्ष्य गरी आज साँझ बम विष्फोट गराइएको छ ।

स्याङ्जाको भीरकोट नगरपालिका–८ को ढापुक सिमलभञ्ज्याङमा भएको चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा ढापुक फेदीको बाटोमै बम विष्फोट भएको हो ।

टिनको बट्टामा प्लास्टिकले बेरिएको अवस्थामा रहेको बम बाटोभन्दा माथिबाट उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बम बिष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उपप्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरीको गाडी र उपप्रधानमन्त्री श्रेष्ठको गाडीको बीचमा उक्त विष्फोट भएको हो ।

विष्फोटबाट कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।

(Visited 16 times, 1 visits today)

टिप्पणी

comments