Main Menu

नैकाप गोल्ड कपमा दिपशिखाको फराकिलो जित

deepshikha-wins-5-goalsभदौ २७, काठमाडौँ (चन्द्रागिरी ) । नैकाप गोल्ड कपको आज दिस्रो दिन ३ खेल भएका छन् । बिहान ८ बजे भएको कार्की युथ क्लब, नैकाप र समाज सुधार क्लब, चेकपोष्ट बीचको खेलमा कार्की युथ क्लब १-० गोल अन्तरले विजयी भयो । बिनय मान सिङको १ गोल नै निर्णायक बनेको खेलमा कार्की युथ क्लबका प्रबिन कार्की म्यान अफ द म्याच बने ।

दिपशिखा युवा समुह, पुरानो नैकाप र नैकाप युवा क्लब बीच भएको दिस्रो खेलमा दिपशिखाले ५-१ को फराकिलो जित हासिल गर्यो । दिपशिखाको तर्फबाट निरन्जन बस्नेतले २ गोल गरे भने सुरज मगर, इश्वर आचार्य र बिजय गुरुङले  १-१ गोल गरे । नैकाप युवा क्लबको तर्फबाट एक मात्र सान्त्वना गोल अनिउजेन लामाले गरे ।

अन्तिम खेलमा कालिका ब्याडमिन्टन क्लबले जिनियस आइटी सोलुसनलाइ २-० ले पाखा लगायो । सुनिल सुबेदी र आचल खत्रीको १-१ गोल को सहयोगमा कालिकाले जिनियस आइटिलाई पराजित गर्न सफल भयो ।

बिहान, दिउँसो र बेलुकाको सबै खेलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

(Visited 141 times, 1 visits today)

टिप्पणी

comments