Main Menu

दलित आन्दोलनको तेस्रो चरण सुरु

dalit bhadra 3 ko foto2
भदौ ३,  काठमाडौं । संयुक्त दलित आन्दोलन नेपालले भाद्र १ मा सार्वजनिक गरेको तेस्रो चरणको आन्दोलनको पहिलो दिन भाद्र २ गते काठमाण्डौं, वानेश्वरमा शीर्ष नेताहरुसहितको सांग्लो जुलुसले प्रवाह गरेको सन्देश संविधानमा दलित अधिकार कटौती गर्नेहरुको कानमा आजै पुग्यो या पुगेन, त्यो बेग्लै कुरा हो तर आन्दोलनको यो तस्रो चरण संपन्न हुन थाल्दा दलितमुक्ति आन्दोलनका विविध घटकहरुमा भावनात्मक ऐक्यवद्धता बढेर गएको र उनीहरुको सहभागितामा उर्जा थपिएको देखिन्छ । आन्दोलनमा संलग्न १ दर्जन दलित अभियन्ता संस्थाहरुले भाद्र १२ सम्मका लागि जारी गरेको आन्दोलनमा यसपछि ७५ जिल्लामा हस्ताक्षर संकलन, नागरिकसंवाद, अन्तरसंवाद, ध्यानाकर्षण, जनप्रदर्शन, सांस्कृतिक प्रतिरोध र मोटर साइकल र्याली हुँदै १२ गते विशेष ऐक्यवद्धता र्याली गर्ने उनीहरुको लगातारको तयारी देखिन्छ । जातीय छुवाछुत र भेदभावका कारण सवैभन्दा वहिष्करणमा पारिएको दलित समुदायलाई हालसम्मको उत्पीडनको क्षतिपूर्तिबापत् समानुपातिकमा थप अधिकारको संवैधानिक सुनिश्चितताको साझा माग उनीहरुको रहेको छ । आफ्ना ९ बुँदे मागहरुलाई दोस्रो चरणको आन्दोलनसम्म पनि संवोधन नगरिएको, बरु राज्य पक्ष दलित आन्दोलनकर्मीहरु माथि निर्मम दमनमा उत्रेकोमा उनीहरुले कडा विरोध जनाएका छन् । बाग्लुंगमा आन्दोलनका क्रममा पक्रेर रजकुमार बसेललाई झुठा मुद्दा लगाउन खोजिएकोमा आपत्ति जनाउँदै संयुक्त दलित आन्दोलन नेपालले आफ्ना मागहरुलाई बेवास्ता गरिने हो भने आफूहरु योभन्दा कडा आन्दोलनमा उत्रने पनि चेतावनी दिएको छ ।
शम्भुहजारा पासवान, जीतु गौतम, दलजीत श्रीपाली, परशुराम रम्तेल, पदम विश्वकर्मा, दिवहादुर विश्वकर्मा ,केशववहादुर परियार,उपेन्द्र छटुन्जेल, कमला विश्वकर्मा, सेवल राम, पदम सुन्दास र विनोद पहाडी समेतको नेतृत्वको यस आन्दोलनका अनुसार यसले यो चरणसम्म आइपुग्दा देशविदेशका दलित तथा अन्य न्यायप्रेमी जनसमुदायको बढ्दो साथ पाएको जनाएको छ । ०००
फोटो : सरु सुनार

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments