Main Menu

नारायणकाजीबिरुद्ध गम्भीर षडयन्त्र ?

नारायणकाजी श्रेष्ठ प्रकाश

भदौ १३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूबिरुद्ध अनलाइन मिडिया प्रयोग गरी गम्भीर राजनीतिक षडयन्त्र भएको आभास गरेका छन् । उनले हालै मात्र एक अनलाइन मिडियामा प्रसारित एक समाचारमा उनी ‘एमाले पार्टीमा प्रवेश गर्दैछन्’ भन्ने कुराको उल्लेख हुनुलाई आफूबिरुद्धको षडयन्त्रको रुपमा लिएका हुन् ।

यस सम्बन्धमा उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “म एमाले पार्टीमा प्रबेश गर्दैछु भनी एउटा अनलाइन मेडियामा प्रसारित समाचार शतप्रतिशत गलत र कपोल्कल्पित भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्दछु ।”

माओवादी केन्द्रका नेता प्रकाश पार्टीमा दोश्रो वरियताका नेता मात्र होइनन् कि बरु उपप्रधानमन्त्री समेत गरी पटकपटक सरकारमा सामेल भएर पनि भ्रष्टाचारको कुनै आरोप खेप्नु नपरेका सर्वाधिक सफा चरित्रका नेताका रुपमा परिचित व्यक्तित्व पनि हुन् । उनले माओवादी केन्द्र पार्टीको नेतृत्व तहमा मौलाउँदै गरेको सुविधाभोगी प्रवृत्ति, भ्रष्टाचार र निजी सम्पत्तिप्रतिको मोहबिरुद्ध कठोर संघर्ष गर्ने नेताको छवि बनाएका छन् । सम्भवत: यही कारणले पार्टी संयन्त्रलाई प्रयोग गरी निजी सम्पत्ति जोड्दै गरेका अन्य नेताहरु नै आम जनतामा नारायणकाजीको छवि बिगार्न मिडियामा उनीबारे गलत सूचना प्रवाह गर्न अग्रसर भएको हुनसक्ने उनी निकट स्रोत बताउँछ ।

पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डलगायतका केन्द्रीय नेताहरुका साथमा विराटनगरमा रहेका नेता नारायणकाजीबिरुद्ध मिडियामा भ्रमपूर्ण समाचार प्रसारित भएपछि अहिले माओवादी पार्टीभित्र तरङ्ग पैदा भएको छ ।

(Visited 1,152 times, 1 visits today)

टिप्पणी

comments