Main Menu

आगो बाली ढोका थुनेर सु्त्दा निसासिएर दुई बालिकाको मृत्यु

पुस २६, इटहरी

इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ ।

अत्यधिक जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पुर्याएका थिए । उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा ७वर्षीया आलिया खातुन र २ वर्षीया आयात खातुन रहेको छ । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै उपचार भइरहेको पनि प्रहरीले जानकारी दिए ।

यसैगरी इटहरी–१९ की ७० वर्षीया दैतिनीदेवी चौधरीको जलेर मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ ।

अत्यधिक जाडो कारण आफ्नै घरमा आगो ताप्ने क्रममा लगाइराखेको साडीमा आगो लागेर मंगलबार साँझ गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(Visited 9 times, 1 visits today)

टिप्पणी

comments