Main Menu

साहित्य

पारिजातका कथाका प्रवृत्तिहरू

(नेपाली साहित्य आकाशका सर्वाधिक उज्ज्वल नक्षत्र प्रसिद्ध लेखिका पारिजात साहित्य सिर्जनाका आधारमा मात्र होइन बल्की उनले अङ्गालेको श्रमजीवी वर्ग पक्षधरको बिचार जुन उनको हरेक रचनामा प्रतिबिम्वित भएको छ त्यसको आधारमा पनि नेपाली समाजमा लोकप्रिय भइन् । साहित्यीक जीवनको सुरुको छोटो काललाई छाडी पछिल्लो लामो जीवनकालमा उनले आफ्नो सम्पूर्ण साहित्य र जीवन नेपाली श्रमजीवी वर्गको मुक्ति र उन्नतिका लागि समपर्ण गरिन् । युवा कालमा नै कडा खालको वाथ रोगले च्यापी सधैँका लागि कुँजी बन्न पुगेकी पारिजातले आफ्नो शारीरिक अशक्तताको बावजूद पनि निरन्तर नेपाली श्रमजीवी जनताको पक्षमा जीवनको अन्तिम समयसम्म सशक्त साहित्य सिर्जना गरिरहिन् । उनले सिर्फ श्रमजीवी जनताका लागि साहित्य सिर्जनापूरा पढ्नुहोस्