Main Menu

घटना र प्रवृत्ति

अमानवीयताकाे पराकाष्ठा : सुत्केरी हुन पठाइन्छन् गोठमा

फागुन ६, जाजरकोट नलगाड नगरपालिका–८ की कैसी खत्रीलाई सुत्केरी बेथा लागेपछि गोठमा सारियो । गोबरको गन्ध र फोहोर खपेर उनी सुत्केरी भइन् । न न्यानो कपडा, न सफा ओछ्यान । परालमा नै उनले शिशु जन्माइन् । उनका श्रीमान् रविन खत्री यतिवेला कामका लागि भारत गएका छन् । उनकी सासू विष्णु खत्री ३० वर्षअघि पहिलोपटक सुत्केरी हुँदा पनि गोठमा नै पुर्‍याइएको थियो । उनी पनि यसरी नै असुरक्षित सुत्केरी भएकी थिइन् । ३० वर्षपछि पनि जाजरकोटका महिला उसरी नै असुरक्षित सुत्केरी भइरहेका छन् । ‘गाउँका पुरुष सबै कमाउन गएका छन् । डोकोमा बोकेर अस्पताल लैजाने कोही छैन । हाम्रै पालादेखि भगवान्पूरा पढ्नुहोस्