Main Menu

चुनावको मुखैमा राप्रपाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश

मंसिर १७, महोत्तरी

candidate-betray-raprapa-joins-maoistराप्रपाको तर्फबाट समानुपातिक तर्फको उम्मेदवार रहेका श्याम शासङ्कर र राजापाको प्रभावशाली युवा नेता नवीन शाहसहित सयौं जना आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गौशाला नगरपालिका – १ रामनगरमा आयोजित बृहत चुनावी सभामा राप्रपाका समानुपातिक तर्फको उम्मेदवार श्याम शासङ्करको नेतृत्वमा राप्रपाका एक सय नेता कार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

“समृद्ध र सुखी नेपाल बाम गठबन्धनबाट मात्रै सम्भव भएको” निष्कर्ष निकाल्दै राप्रपा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको राप्रपाबाट समानुपातिक तर्फको उम्मेदवार रहेका श्याम शासङ्करले बताए ।

राप्रपा पार्टीभित्र व्यक्तिवादी शासन हावी भएको र “सत्ता र कुर्सीको लागि पार्टी नेतृत्वले जे पनि निर्णय गर्ने” भएकोले अब राप्रपामा बस्नुको कुनै अर्थ नरहेको शासङ्करको भनाइ छ ।

पार्टीले कार्यकर्ताको वास्ता नगर्ने र केन्द्रीयता लाद्न खोज्ने गरेकोले सयौँ कार्यकर्ता असन्तुष्ट रहेको शासङ्करले बताए ।

आफू पहिले पनि कम्युनिष्ट नै भएको बताउँदै शासङ्करले राजनीतिक अस्थिरताको कारण बिचमा केही समय राप्रपा गएको बताए ।

एमालेको पूर्व गाविस अध्यक्षको उम्मेदवार रहेका शासङ्कर पछि एमाले छाडेर राप्रपा प्रवेश गरेका थिए 

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्न पाउँदा गर्व लागेको उनले बताए ।

शासङ्करको नेतृत्वमा राप्रपामा आवद्ध गौशालाका प्रभावशाली नेताकार्यकर्ता आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

यसैबीच, राजापाको प्रभावशाली युवा नेता नवीन कुमार शाहको नेतृत्वमा राजपाका सयौँ युवा नेताकार्यकर्ता आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

राजापा अब राष्ट्रिय पार्टी हुन नसक्ने र क्षेत्रीय पार्टीमा बसेर देश विकासका भुमिका निर्वाह गर्न नसक्ने निष्कर्ष निकाल्दै सयौँ युवा माओवादी केन्द्रमा प्रवेश गरेको राजपाका युवा नेता शाहले बताए ।

पार्टी प्रवेश गर्नेहरूलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य, बिना बिभागीय मन्त्री एवं महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ का प्रतिनिधि सभाका उम्मेदवार पोखरेलले टीका र माला लगाएर स्वागत गरेका थिए ।

९२ वर्षीय गिरी माओवादी केन्द्रमा प्रवेश

साविकको रामनगरको पूर्व वडा अध्यक्ष सिताराम गिरी आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

९२ वर्षीय गिरी बामपन्थीबाट मात्रै देशको विकास सम्भव भएको भन्दै आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

बाम गठबन्धनले वृद्ध भत्ता ५ हजार पुर्याउने कुरा सुन्दा खुशी लागेको वृद्ध गिरीले बताए ।

(Visited 560 times, 1 visits today)

टिप्पणी

comments