Main Menu

ब्राजिली जेलमा नयाँ वर्षको दिन भड्किएको दंगामा ९ कैदीको मृत्यु

पुस १८, ब्राजिल

brazil-new-year-prison-riot-kills-9ब्राजिलको गोइयास प्रान्तको एक जेलमा भएको दंगामा परी कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेलभित्रै रहेका कैदीहरुको दुई समूहबीच भएको दंगामा तिनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

घटनापछि दुबै समूहका १ सयभन्दा बढी कैदीहरु जेलबाट भागेका छन् । तर अवस्था नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

गोइयास प्रान्तको राजधानी गोइयानिया नजिकको एक जेलमा नयाँ वर्षको दिन दंगा भड्किएको थियो । प्रतिद्वन्द्वी दुई समूहले पर्खाल भत्काएर भाग्न सफल भएको प्रहरीले बताएको छ ।

जेलबाट भागेका मध्ये ३० जना कैदीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ८० जनाभन्दा बढी अझै फरार छन् । घटनामा कम्तिमा १४ जना कैदीहरु घाइते भएका छन् ।

“यो कैदीहरुको दुई समूहबीचको झगडा थियो । अवस्था अहिले हाम्रो नियन्त्रणमा छ,” लेफ्टिनेन्ट-कर्नेल ह्रिल्नर ब्रागा अननियासले बताए ।

बिबिसी

(Visited 11 times, 1 visits today)

टिप्पणी

comments