Main Menu

विराटनगरको बस टर्मिनल निर्माणको काम ९० प्रतिशत पूरा

पुस ५, पथरी, मोरङ

biratnagar-bus-terminal-90-percent-completeविराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ ।

विराटनगर–११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो । गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ महिने अवधि तोकिएको थियो ।

हालसम्म भवन निर्माणको काम र अन्य गरी ९० प्रतिशत काम सकिएको र अब १  महिनाभित्र बाँकी रहेको १० प्रतिशत काम पनि सक्ने प्रोजेक्ट इञ्चार्ज सुदर्शन थापाले बताए ।

विराटनगर महानगरपालिका अर्थात (नगर विकास) कोषको रु. ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी–पार्वती निर्माण सेवा काठमाडौँले बसपार्क निर्माण गर्ने ठेक्का पाएको थियो ।

ठेकेदारले निर्माण गरिरहेको नयाँ बसपार्कमा साना–ठूला गरी ७५ वटा बस पार्किङ गर्न मिल्नेछ । दुईतल्ले आधुनिक बस टर्मिनललाई अर्काे व्यवस्था नभएसम्म बसपार्कको रुपमा प्रयोग हुनेछ ।

(Visited 23 times, 1 visits today)

टिप्पणी

comments