Main Menu

अस्तित्व संकटमा बाबुराम भट्टराई

bhattarai-existence-crisisगोरखाको बारपाकमा चुनावी सभालाई सम्बोधन गर्दै नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले आफ्ना प्रतिद्वन्द्वी उम्मेदवार नारायणकाजी श्रेष्ठलाई ‘माओवादी नै होइनन्’ भन्नेजस्ता आरोप लगाए । 

बाबुरामजस्ता पढेलेखेका, देश दुनिया बुझेका, विचारशील र बौद्धिक मानिने नेताले आफ्ना हिजोका सहयात्रीविरुद्ध त्यो हदसम्मको गैर जिम्मेवार, तर्कहीन र सफेद झूठ कुरा बोल्लान् भनेर सायद बारपाकका जनताले पनि अपेक्षा गरेका थिएनन् । 

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा, मालेमा विचारधाराप्रतिको प्रतिबद्धता, शक्रियता र समर्पणप्रति शङ्का व्यक्त गर्नुपूर्व बाबुरामले आफ्नो अनुहार एकपटक आफैले ऐनामा हेरेको भए चित्र अलि स्पष्ट हुनेथियो । 

नारायणकाजी यतिबेला माओवादी केन्द्रको वरिष्ठ र प्रभावशाली नेता हुन् । बाह्रबुँदे समझदारीदेखि नै शान्ति प्रकृयामा कमरेड प्रकाशको भूमिकालाई स्वयं काँग्रेस र एमालेका नेताहरुले नै उच्च मूल्याङ्कन गरेका छन् । कमरेड प्रकाशले भूमिगत रुपमा विद्रोही माओवादी र संसदवादी दलहरुवीच बाह्रबुँदे समझदारी गराउनेदेखि बृहत शान्ति सम्झौता हुँदै आजसम्मको ‘राजनीतिक कोर्स’मा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । मालेमा विचारप्रति निष्ठाबान भएकै कारण अहिलेको उचाइमा पुग्न कमरेड प्रकाश सफल भएका हुन् । 

बाबुराम माओवादी विचारबाट च्यूत भइसकेका र खासमा भन्ने हो भने उनी ‘बिग्रेका कम्युनिष्ट’ हुन् । ‘नेपालमा अब कम्युनिष्टको औचित्य छैन’ भन्दै आफुलाई गैर कम्युनिष्ट बताउँदै आएका बाबुराममा वैचारिक विचलन यतिबेला चरम उत्कर्षमा पुगेको छ ।

अर्कोतिर दर्पणमा बाबुरामको तस्वीर भने ठिक उल्टो छ । बाबुराम माओवादी विचारबाट च्यूत भइसकेका र खासमा भन्ने हो भने उनी ‘बिग्रेका कम्युनिष्ट’ हुन् । ‘नेपालमा अब कम्युनिष्टको औचित्य छैन’ भन्दै आफुलाई गैर कम्युनिष्ट बताउँदै आएका बाबुराममा वैचारिक विचलन यतिबेला चरम उत्कर्षमा पुगेको कसरी पनि स्पष्ट हुन्छ भने कहिले उनी वाम एकता भन्दै प्रचण्ड र ओलीसँग हात मिलाउन गइरहेका हुन्छन्, कहिले वाम एकता काम छैन भन्दै शेरबहादुर देउवाको ‘मण्डले लोकतान्त्रिक गठबन्धन’को शरणमा पुगिरहेका हुन्छन् । 

यस्ता ढुलमुले नेताले मार्क्सवाद र माओवादको सिर्जनात्मक प्रयोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुकलाई ल्याइपुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै, राष्ट्रियता, लोकतन्त्र र जनमुखी राजनीतिको धारमा अविचल कायम रहेका कमरेड प्रकाशलाई ‘माओवादी हैन’ भन्नु एउटा भद्दा जोकबाहेक केही हैन । 

आफ्नै अस्तित्व संकटमा

वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोष गर्दै ‘नयाँ शक्ति’ पार्टी गठन गरेका डा. बाबुराम भट्टराईलाई यतिबेला आफ्नै निर्वाचन क्षेत्रमा आफ्नो औचित्य स्पष्ट गर्न हम्मेहम्मे परिरहेको छ । उनलाई आफ्नै अस्तित्व रक्षाको पिरलो छ । गोरखामा कुनैबेला जनतमाझ हाइहाइ भएका बाबुराममा अहिले आएर आफूले चुनाव जित्न नसकिने हो कि भन्ने लघुताभाष तीब्र रुपमा घनिभूत हुँदै गएको छ । र, अवस्था पनि त्यस्तै छ । गोरखाका जनता यसपाली बाबुरामका ‘समृद्ध नेपाल’का फोस्रो सपनामा हैन, बरु लोडसेडिङ मुक्त गरेर जनतालाई वास्तविक रुपमा राहत दिने ‘एक्सन ओरिएन्टेड’ पार्टीका प्रभावशाली नेतालाई जिताउने पक्षमा देखिन्छन् । 

गोरखामा को ठिक ? बाबुराम कि नारायणकाजी ? यसको तुलनात्मक मुल्याङ्कन पनि हुन थालेको छ । आखिर कसलाई जिताउँदा गोरखाको मात्र हैन, समग्र कम्युनिष्ट आन्दोलन र मुलुकको समृद्धिको यात्रामा टेवा पुग्छ भन्ने कोणबाट विश्लेषण सुरु भएको छ । चुनावी प्रतिश्पर्धामा विस्तारै नारायणकाजीकै पल्ला भारी हुँदै गएको देखिन्छ ।  

ब्यवस्थापकीय कमजोरी 

बाबुराम भट्टराई विचारशील, अध्ययनशील नेता भए पनि उनमा व्यवस्थापकीय क्षमताको अभाव देखिन्छ । यसको प्रमाण उनले गठन गरेको ‘नयाँ शक्ति’ पार्टी नै हो । यो पार्टी अचेल भाँडभैलो अवस्थामा पुगेको छ । यो पार्टी हो कि कुनै क्लब हो भन्ने ठम्याउन कठिन छ । आफ्नै पार्टीको कुशल व्यवस्थापन गर्न नसक्नेले कमजोर दलको भरमा देशकै मुहार फेर्छु, समृद्ध नेपाल बनाउँछु भनेको गोरखाका जनताले मात्र हैन, धेरैले पत्याएका छैनन् । 

२०७२ साल असोज ९ गते बाबुरामले आफु उपाध्यक्ष रहेको एकीकृत नेकपा (माओवादी) र सांसद पदसमेत परित्याग गरी ‘नयाँ शक्ति’को अभियान थालेका थिए । तर, दशरथ रँगशालामा नयाँ शक्तिको उदघाटनबाटै व्यवस्थापकीय त्रुटीहरु देखिन थालेका थिए । 

व्यवस्थापनका सन्दर्भमा पनि मुख्य कमजोरी चाहिँ सङ्गठनको व्यवस्थापन नै थियो । एमाले, काँग्रेस र माओवादीका तमाम नेता/कार्यकर्ता ती पार्टी परित्याग गरी नयाँ शक्तिमा आउलान् भन्ने बाबुरामको आश थियो । तर, उनले सोचेजस्तो एकरत्ति भएन । सायद, कतिपय मानिसहरु आउन लालायित पनि थिए होलान् । तर, सिमित गुट या साँघुरो घेराकै सल्लाहमा चल्न रुचाउने बाबुरामले उनीहरुलाई पनि समेट्न सकेनन् । 

लोकतान्त्रिक आन्दोलन दबाउनेहरुसँग गरिएको चुनावी तालमेललाई लोकतान्त्रिक गठबन्धन भनिएको छ र बाबुराम त्यही मण्डलेहरुसँगको गठबन्धनको घेराभित्र पसी आफ्नो दुनो सोझ्याउने दाउ हेरिरहेका छन् । 

यति मात्र हैन, ‘नयाँ शक्ति’मा गोलबन्द भइसकेका नेता/कार्यकर्ता पनि विस्तारै बाबुरामसँग बिच्किँदै गए । ‘नयाँ शक्ति’ छाडेर धमाधम माउ पार्टी माओवादीमा फर्किन थाले । नयाँ शक्तिको राजनीतिक हैसियत शून्यमा झर्यो, जुन स्थानीय निर्वाचनले देखाइहाल्यो । 

लेख लेखेजस्तो, भाषण गरेजस्तो अनि कसैको आलोचना गरेजस्तो पार्टी निर्माण सहज र सरल कुरो हैन भन्ने महसुस सायद यतिबेला बाबुरामलाई भएको होला ।  

शँकास्पद राष्ट्रवाद 

नेपालको सन्दर्भमा भारतको उग्रविरोधलाई नै राष्ट्रियता ठान्ने एउटा तप्का छ भने, भारतसँग त्वम्शरणम् गर्ने अर्को प्रवृत्ति छ । दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका डा. बाबुरामका धेरै भारतीय मित्रहरु भएको कुरामा दुईमत नहोला । जनयुद्ध चलिरहँदा बाबुराम बिहारको पटनामै थिए । उनको पटना बसाइ अलि शँकास्पद भएपछि बाबुराम र देवेन्द्र पौडेल ‘सुनील’लगायतका नेताहरु पार्टीको कार्वाहीमा पनि परे । केन्द्रीय नेताहरु जनयुद्धको उद्गम थलोमै रहनुपर्ने नीति पनि पार्टीले लियो । 

यसबाट के स्पष्ट हुन्छ भने भारतीयहरुसँग जनयुद्धकालदेखि नै बाबुरामको सम्पर्क थियो । यही कारण बाबुराम सच्चा हृदयले राष्ट्रिय स्वाभिमानको पक्षमा छैनन् भन्ने भान गोरखाका मतदातामा परेको छ । सरकारमा हुँदा भारतसँग ‘विप्पा’लगायतका सम्झौता गर्ने र नेपालका जलविद्युत परियोजनामा चिनियाँ कम्पनीको लगानीविरुद्ध बोल्दै हिँड्ने उनको रवैयाबाट पनि यसको पुष्टि हुन्छ । 

ढुलमुले चरित्र 

‘नयाँ शक्ति’को अन्तरिम केन्द्रीय परिषद् घोषणासभामा बाबुरामले भनेका थिए, ‘हामीलाई थाहा छ फोस्रा भाषण, परम्परागत राजनीतिक ढर्रा, सिद्धान्तको बोझ र संकिर्णताबाट जनता मुक्ति चाहन्छन् । हामी चाहन्छौं नेपाली राजनीति, नयाँ संस्कृति, नयाँ जिम्मेवारीवोधको युगतर्फ प्रवेश गरोस् ।’ 

नयाँ शक्तिकै भरमा गोरखामा चुनाव जित्न नसकिने भएकाले उनले अन्य बाम शक्तिको आड खोजेका रहेछन् । चुनावी तालमेलका क्रममा आफ्नो त्यो अभिष्ट पुरा नहुने देख्नासाथ उनी तत्काल बाम एकताको त्यो अभियानबाट पलायन भए ।

राजनीतिमा नयाँ सँस्कृतिको वकालत गर्ने यीनै बाबुराम अचेल पुरानै ढर्राकै  राजनीति गर्दै हिँडेका छन् । एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल र एकताको प्रकृया सुरु भइसकेपछि बाबुराम एकाएक हुरिँदै एकता प्रकृयामा मिसिन आइपुगेका थिए । मुलुकमा कम्युनिष्ट सिद्धान्त र कम्युनिष्ट पार्टीको औचित्य समाप्त भएको भन्दै आफूलाई गैर वामपन्थी बताउँदै आएका बाबुराम एकाएक ‘वाम एकता’मा मिसिन आउँदा आम जनता पनि छक्क परेका थिए । 

खासमा वाम एकताको छहारीमा ओत लाग्न आउनुको उनको त्योबेलाका अभिष्ट पनि स्पष्ट भइहाल्यो । नयाँ शक्तिकै भरमा गोरखामा चुनाव जित्न नसकिने भएकाले उनले अन्य बाम शक्तिको आड खोजेका रहेछन् । चुनावी तालमेलका क्रममा आफ्नो त्यो अभिष्ट पुरा नहुने देख्नासाथ उनी तत्काल बाम एकताको त्यो अभियानबाट पलायन भए ।

वाम एकताको त्यो महान उद्देश्यसँग बाबुरामले आफ्नो चुनावी स्वार्थलाई जोडेर हेरे । यहाँसम्म त ठिकै थियो, वाम एकताको कित्ताबाट पलायन भएर बाबुराम काँग्रेसको कित्तामा शरण लिन पुगे । अन्ततः काँग्रेसको समर्थनमा उनी गोरखाबाट खडा भएका छन् । काँग्रेस त्यही हो, जसले यतिबेला पूर्व मण्डले नेता कमल थापासँग तालमेल गरिरहेको छ । लोकतान्त्रिक आन्दोलन दबाउनेहरुसँग गरिएको चुनावी तालमेललाई लोकतान्त्रिक गठबन्धन भनिएको छ र बाबुराम त्यही मण्डलेहरुसँगको गठबन्धनको घेराभित्र पसी आफ्नो दुनो सोझ्याउने दाउ हेरिरहेका छन् । 

साँघुरो घेरा

बाबुरामको यो अवनतिका पछाडि अर्को एउटा मुख्य फ्याक्टर के हो भने उनी साँघुरो घेरामा बस्न रुचाउँछन् । ‘मास लिडर’मा हुनसक्ने फराकिलो सोच र व्यवहार उनमा छैन । उनी आफूनजिकका केही सहयोगीहरुको सल्लाहमा निर्देशित हुने गर्छन् । नेता र कार्यकर्ताहरुको बृहत सोचसँग एकाकार हुन उनलाई हम्मेहम्मे पर्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड या नेता प्रकाशमा नेता र कार्यकताहरुसँग घुलमील हुने र कार्यकर्ताहरुको यथोचित संरक्षण गर्ने जुन स्वभाव देखिन्छ, बाबुराममा त्यसको ठिक विपरीत स्वभाव छ । उनी सिमित व्यक्तिको सल्लाहमा चल्छन्, जसले गर्दा उनकै निकट भनिएका नेता कार्यकर्तासमेत उनीसँग चिढिने गर्छन् । 

कुनै पनि लोकतान्त्रिक पद्धतिमा आस्था राख्ने नेतामा मास लिडरको स्वभाव हुनुपर्छ । प्रचण्ड या प्रकाशको छवि मास लिडरको जस्तो देखिन्छ भने बाबुराम चाहिँ क्याडर लिडर पनि बन्न सकेका छैनन् । उनी एउटा सानो झुण्डको नेता बनेका छन् । यही कारण उनको पार्टी ‘नयाँ शक्ति’ पनि साँघुरिँदै गएर अहिले कुनै एनजीओजस्तो भएको छ । 

अविश्वसनीय आश्वासन

डा. बाबुराम भट्टराईले चुनाव जितेमा देशको त कुरै छोडौँ, स्वयं गोरखाका लागि के गर्न सक्लान् ? प्रश्न तेर्सिन्छ । चुनावी भाषणहरुमा बाबुरामले ‘समृद्ध गोरखाका लागि मै चाहिन्छ’ भन्दै आफूले मात्र सबथोक गर्नसक्ने दम्भ देखाएका छन् । मानौं, उनीसँग कुनै जादूको छडी छ, जसबाट उनले गोरखालाई मात्र हैन, देशलाई नै समृद्ध बनाउने हुन् । 

माओवादीबाट २-२ पटक जितेर अर्थमन्त्री र प्रधानमन्त्री हुँदासमेत गोरखामा केही गर्न नसकेका बाबुरामले काँग्रेसको वैशाखी टेकेर चुनाव जितेछन् भने पनि के गर्न सक्लान् र ? भन्ने प्रश्न स्वतः उब्जिन्छ । किनकि, गोरखाको विकासका लागि पनि उनी राज्यको महत्वपूर्ण पदमा पुग्नुपर्ने हुन्छ । त्यसका लागि सके प्रधानमन्त्री नसके अर्थमन्त्री त हुनैपर्ने हुन्छ । त्यसका लागि पहिलो त सांसद पदमै जित्नुपर्ने हुन्छ । उनको पार्टी ‘नयाँ शक्ति’ अहिले त्यो हैसियतमै छैन । न त उनको पार्टी सरकारमा जानसक्ने अवस्था छ, न अब उनी प्रधानमन्त्री या मन्त्री बन्नसक्ने अवस्था छ । यस्तो अवस्थामा निजी तवरले उनले गोरखाको विकास कसरी गर्न सक्छन् ? 

बाबुरामको कुरा गर्दा, ‘जुन गोरुको सिङ छैन, उसैको नाम तिखे’ भन्याजस्तो हुन्छ । जब सरकारमा पुग्नसक्ने उनको औकात नै छैन भने उनी कसरी गोरखाको विकासमा प्रत्यक्ष योगदान दिनसक्छन् ? 

  • डा. गेहेन्द्र शर्मा
(Visited 697 times, 1 visits today)

टिप्पणी

comments