Main Menu

मोटर चल्ने आठ पुल निर्माणाधीन

8-motor-bridge-underconstruction-pokharaभदौ २५, पोखरा । कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन् ।

आव २०७३/७४ को असार मसान्तसम्म २ पुल  बनिसकेका छन् । पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र शहरीचोकदेखि लेखसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन शुरु भइसकेको जिल्ला समन्वय समिति कास्कीका जिल्ला इञ्जिनीयर नारायणप्रसाद बरालले जानकारी दिए ।

कास्कीका कालीखोला, सुरौदी खोला, हर्पन खोला, सार्दीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल निर्माणाधीन छन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिससले ठेकेदार सँग झण्डै रु. २९ करोडको सम्झौता गरेको छ । 

(Visited 8 times, 1 visits today)

टिप्पणी

comments