Main Menu

७७ जिल्लाका शिक्षण तथा स्वास्थ्य संस्थामा टेलिफोन र इन्टरनेट पुग्ने

 

असोज ३, काठमाडौँ

77-districts-internet-telephoneसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले इन्टरनेट र टेलिफोन सेवालाई चालु आवभित्र ७५ जिल्लाका शिक्षण संस्था र स्वास्थ्य संस्थामा पुर्याउने प्रयत्न भइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित ‘प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा रेडियोको भूमिका’ विषयक अन्तर्क्रियामा उनले सूचना प्रविधिलाई धेरैभन्दा धेरै जनताको पहुँचमा पुर्याउन सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेतर्फ सरकार लागिरहेको बताए ।

मन्त्री बस्नेतले मुलुकमा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै नयाँ सञ्चार नीति ल्याउनका लागि द्रुत स्तरमा काम भइरहेको बताए ।

स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिताले अब हुने निर्वाचनमा कुनै पनि दल चुनावबाट भाग्न नसक्ने बताए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा सञ्चार क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको धारणा व्यक्त गरे ।

नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले समाजका विभिन्न गतिविधि तथा जनताका अवस्थालाई नेतृत्वसम्म पुर्याउने र नेतृत्वका गतिविधिलाई पनि जनताबीच पुर्याएर देशमा सुशासन कायम गर्न सञ्चार क्षेत्रलाई सुझाव दिए ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा बिग्रँदै गएको सामाजिक सद्भावलाई कायम राखेर सबै नेपालीलाई एकताबद्ध गर्न सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले प्रदेश र केन्द्रको निर्वाचनका लागि मिति तोकिसकेकाले अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलले चाडपर्वका नाममा चियापान नगर्न आग्रह गरे ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, पूर्वराज्यमन्त्री दीपक खडका, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरलगायतले सञ्चार क्षेत्रले दिने सूचनाका आधारमा सबैले भविष्यका योजना तथा दृष्टिकोण निर्माण गर्ने हुँदा यसलाई सन्तुलित, स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने खाँचो औँल्याए ।

नेपाली रेडियो नेटवर्कका अध्यक्ष ऋषि धमलाले मुलुकलाई आर्थिक विकास र समृद्धिको मार्गतर्फ लैजान सञ्चार क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

(Visited 55 times, 1 visits today)

टिप्पणी

comments