Main Menu

काँग्रेससहित ६ दलको समानुपातिक सूची नै मिलेन

पुस १८, काठमाडौँ

6-parties-proportional-list-erroneousनिर्वाचन आयोगले६ राजनीतिक दललाई प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित गर्न प्रस्तावित नामावली सच्याउन पत्राचार गरेको छ ।

आयोगले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० सिटको परिणाम पुस ७ गते घोषणा गरेको थियो ।

आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सूची कानुनअनुसार मिलाएर पठाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

ती दलले पठाएको नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको, महिलाको अनुपात नमिलाइएको जस्ता त्रुटि देखिएका छन् । आयोगले ती दललाई त्रुटि सच्याउन तीन दिनको समय दिएको छ ।

आयोगका प्रवक्ता सहसचिव दिनेश घिमिरेले कानुनअनुसार समावेशी क्लस्टर नमिलेको र क्रम मिचिएर पठाइएका नामावली राजनीतिक दललाई सच्याउन पत्राचार गरिएको बताए ।

प्राप्त मतअनुसार १३ राजनीतिक दलले प्रदेशसभामा समानुपातिक सिट पाएका छन् । आयोगले दिएको पुस १४ को समयसीमाभित्र ती दलले आफूले पाएको सिटमा निर्वाचित उम्मदवारहरूको नामावली पठाएका थिए ।

कान्तिपुर दैनिकबाट

(Visited 9 times, 1 visits today)

टिप्पणी

comments