Main Menu

Tuesday, February 13th, 2018

 

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

१ फागुन, काठमाडौँ गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भनेपूरा पढ्नुहोस्


नेपालीको खानामा प्रोटिनको अभाव

१ फागुन, चितवन नेपालीहरुले खाने खानामा प्रोटिनको अभाव रहेको यहाँ आयोजित एक कार्यशालाका वक्ताले बताएका छन् । नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एशोसिएसन तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिलले संयुक्तरूपमा आयोजना गरेको ‘सबैका लागि प्रोटिन’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको कमी हुँदै आएको जनाएका हुन् । जनचेतनाको कमीका कारण दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन गर्न नसकेको उनीहरूले बताएका थिए । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक डा. सुवीर सिंहले अनुसन्धानको तथ्याङ्कअनुसार नेपालमा कूल ६ दशमलव ४ लाख मेट्रिक टन प्रोटिनको आवश्यकता भए पनि उत्पादन जम्मा ४ दशमलव ९ लाख मेट्रिक टन रहेकाले ७०–८०पूरा पढ्नुहोस्


अनौठो छ नागा बाबाको परम्परा

१ फागुन, काठमाडौँ प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ । शिवरात्रिका अवसरमा पशुपतिमा नागा बाबा आउनै पर्ने धार्मिक एवं सांस्कृतिक मान्यता के छ रु के यसलाई निरन्तरता दिनै पर्ने हो वा हटाउन सकिन्छ भन्ने विषयमा बहस चल्ने गरेको छ । फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन् । फागुन कृष्ण औँशीका दिनपछि मन्दिरभित्र नागा बाबा बस्न पाउँदैनन् । नागा बाबा पशुपति मन्दिर छिर्नुअघि कपडा लगाएर छिर्नुपर्ने र निस्कँदा पनि कपडा लगाएरै बाहिरिनुपर्ने नियम रहेको संस्कृतिविद्पूरा पढ्नुहोस्


प्रदेश नं ५ का सभामुखमा घर्तीको उम्मेदवारी

१ फागुन, बुटवल प्रदेश नं ५ का सभामुखका लागि नेकपा(माओवादी केन्द्र)का पूर्णबहादुर घर्तीले आज उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले माओवादी केन्द्र प्रदेश नं ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमीश्वर ढकालको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् । रुकुम पूर्वबाट निर्वाचित घर्तीलाई प्रदेश नं ५ को सभामुखको उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्र संसदीय दलको बैठकले दुई दिन अगाडि मात्र गरेको थियो । संसद्मा वाम गठबन्धनको बहुमत छ । अठहत्तर सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् । संसद्को तेस्रो शक्ति काँग्रेस रपूरा पढ्नुहोस्


विभिन्न जिल्लाका एनसेल टावरमा आक्रमण

१ फागुन,  पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो । विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो । प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्डपूरा पढ्नुहोस्


जनयुद्ध दिवसका अवसरमा शुभकामना

१ फागुन, पोखरा तेइसौँ जनयुद्ध दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) कास्कीले आज यहाँ शुभकामना आदानप्रदान एवं चियापान आयोजना गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ शिवालय चोकस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाम गठबन्धनका नेतासहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको उक्त दलका पोखरा लेखनाथ महानगर समिति अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिए । प्रत्येक वर्ष आजका दिन मनाइने जनयुद्ध दिवसका अवसरमा पार्टीले शुभकामना आदानप्रदान एवं चियापान गर्दै आएको उनले बताए ।


आन्तरिक मामिला मन्त्रालयको काम शुरु

१ फागुन, पथरी, मोरङ प्रदेश नं १ का छ मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मन्त्रालयको रुपमा देखिएको आन्तरिक तथा कानून मन्त्रालयले सोमबारदेखि विधिवत्रुपमा काम शुरु गरेको छ । मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीका अनुसार यो मन्त्रालयले केन्द्रको गृह मन्त्रालयसरह काम गर्नेछ । सूचना तथा सञ्चार, कानून र सामान्य प्रशासनको सम्पूर्ण कार्य यसै मन्त्रालयबाट हुनेछ । मन्त्रालयका सचिव खत्रीले प्रदेशका ६ मन्त्रालयमध्ये अधिकारको हिसाबले शक्तिशाली रहेको बताए । उनका अनुसार प्रदेशको शान्ति सुरक्षा, कर्मचारीको सरुवा, बढुवा र कानून निर्माणको रुपमा मन्त्रालयले भूमिका खेल्ने छ । सूचना तथा सञ्चार मन्त्रालयबाट हुने सम्पूर्ण काम यही मन्त्रालयले गर्नेछ । सचिव खत्रीका अनुसार शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धानपूरा पढ्नुहोस्


मुगुमा हिमपातः कृषक खुशी, व्यापारी चिन्तित

१ फागुन, मुगु आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । समयानुसार मंसिर मध्यतिरबाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिना सकिन लाग्दा पनि पानी र हिमपात नभएपछि खेतगरामा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित भएका थिए । तर आइतबार रातिबाट हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका हुन् । गत कात्तिकमा लगाएको हिउँदे गहुँ, जौ, उवा लामो समयसम्म पानी नपरेपछि खेतगरामै सुक्न थालेका थिए । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर आश मारी सकेका थियौँ, तर एक्कासि हिजो रातिबाट पानीपूरा पढ्नुहोस्


बितेका साहित्यकार घनश्याम ढकाललाई सम्झिँदै

फागुन १, पोखरा चर्चित साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष बितेका घनश्याम ढकाललाई आज यहाँ एक गोष्ठी आयोजना गरी सम्झिँदैछ । घनश्याम ढकाल साँस्कृतिक प्रतिष्ठानद्वारा आयोजित र गण्डकी साहित्य सङ्गम सह आयोजक रहेको यस गोष्ठीमा प्रलेसका अर्का पूर्व अध्यक्ष निनु चापागाईं, प्रा. डा. ताराकान्त पाण्डेय, प्रा. डा. पशुपतिनाथ तिमल्सेना, सरिता तिवारीलगायतका व्यक्तित्वहरुले बितेका साहित्यकार घनश्याम ढकालको व्यक्तित्व, जीवन यात्रा र कृतित्वबारे आआफ्नो धारणा प्रस्तुत गर्दैछन् । माओवादी जनयुद्धमा आफ्नो छोरासमेत गुमाएका बितेका साहित्यकार घनश्याम ढकालले आफ्नो पूरै जीवन देश, जनता र पूरै विश्वका लागि साहित्य सिर्जना गरी खर्च गरे । २०६८ फागुन १ गते राजधानी काठमाडौंको खुलामञ्चमा आयोजना हुनपूरा पढ्नुहोस्


घनश्याम मामा र नयाँ मेच [संस्मरण]

शारदा शर्मा उहाँलाई मैले माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा हुँदा मम्मीको घरमा लुकेर बसेको बेला पहिलोपल्ट देखेकी हुँ । भात पकाउँदै हुनुहुन्थ्यो मम्मी, म चुल्होमै पुगेकी थिएँ । मुख कानैनिर ल्याएर सासले भन्नुभयो- घनश्याम मामा छ, माथि कोठामा । हिजो राति अबेला आयो, सेनाले खोजिराखेका छन् रे उसलाई । आतङ्कति देखिनुहुन्थ्यो उहाँ । म छक्क परेर रित्ता आँखाले आफ्नी आमालाई हेरिरहेँ । उहाँको अवस्था सम्झँदा अनौठो लाग्यो । आफू पण्डित बाबुकी निरक्षर छोरी, भाइहरू कम्युनिष्ट छन्, कोही एमाले, कोही माओवादी । ज्वाइँ कांग्रेस, लोग्ने राजा फाल्नु हुँदैन भन्ने । कसरी सन्तुलन मिलाउनुहुँदो हो ? बोलिरहनुभएको थियो, एउटै छोरालाई मारिदिए । मामालाईपूरा पढ्नुहोस्