Main Menu

Wednesday, January 24th, 2018

 

खाद्यान्नको गुणस्तर परीक्षण गर्ने खाद्य संस्थानको योजना

माघ १०, काठमाडौँ नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए । भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने दूतावासले सो भवन दुई महिनाअघि संस्थानलाई हस्तान्तरण गरिसकेको छ । सो भवन रु. ५ करोडको लागतमा निर्माण गरिएको हो । हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग एक्लैले गर्दै आएको छ । खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी र अन्य खाद्य सामग्री परीक्षण गर्नेपूरा पढ्नुहोस्


सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्ने सरोकारवालाको जोड

माघ १०, काठमाडौँ नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनीहरुले नेपाल र भारतबीच रहेका सीमा विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् । सो अवसरमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल र भारतबीच देखिएका सीमा समस्या अन्तर्राष्ट्रिय सीमाको आधारमा समाधान गर्नुपर्ने बताउँदै नेपालमा कालापानी र सुस्ताबाहेक कुनै पनि ठाउँमा सीमा समस्या र विवाद नभएकोले छपकैयामा सुगौली सन्धिको आधारमा सीमा नक्सा बनाएको स्पष्ट पारे । पहिलेको सीमा नक्सा अझै पूर्ण नभएकाले त्यसलाईपूरा पढ्नुहोस्


जयनगर-जनकपुर-बर्दिवास रेलमार्ग विस्तारको कार्य तीव्र गतिमा

माघ १०, वीरगञ्ज जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमी ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौताअनुसार भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा निर्माण कार्य दु्रतगतिमा हुँदै । तस्वीर – बीरेन्द्र कर्ण छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम द्रुतगतिमा भइरहेको छ । परियोजना भारत सरकारको रु. ७ अर्ब २० करोडको आर्थिक सहयोगमा शुरु भएको थियो म्याद थपपछि सन् २०१८ मार्चसम्म काम सकाउने लक्ष्य जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा १ हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग विस्तार गर्ने सम्बन्धमा नेपाल तथा भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौतापूरा पढ्नुहोस्


पश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

माघ १०, बैतडी गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित गौमुल गाउँपालिकाको दहकोट, मानाकोटलगायत क्षेत्रमा हिमपातपछि सो क्षेत्रका विद्यालयहरू बन्द हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । चिसोबाट बच्नका लागि व्यासको छाङरु र तिंकरका बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका स्थानीयवासी दानसिंह तिंकरीले बताए । डडेल्धुरा सदमुकामलगायत भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टेलगायतपूरा पढ्नुहोस्


नगर प्रमुखको घरनजिक बम विस्फोट

माघ १०, धनगढी कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको जनाइएको छ । हावा हुरीसँगै वर्षा भइरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको नगर प्रमुख साउदले बताए । घटनास्थल बाट ३५ मिटर विद्युतीय तारसमेत बरामद भएको छ । स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित भएका थिए । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेकोपूरा पढ्नुहोस्


काँग्रेस र मधेस केन्द्रित दलको गठबन्धन

माघ १०, काठमाडौँ राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् । प्रदेश नं २ मा काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा २-२ जना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् । काँग्रेसले सोही सहमतिअनुसार प्रदेश नं २ मा जीतेन्द्रनारायण देव (खुला) र मुक्ताकुमारी यादव (महिला)लाई उम्मेदवारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै काँग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी (खुला), सरिता प्रसार्इं (महिला) र विन बिक (दलित) तथा प्रदेश नं ३ मा राधेश्याम अधिकारी (खुला) र धना खतिवडा (महिला)लाई उम्मेदवार बनाएको उनले बताएपूरा पढ्नुहोस्


पश्चिमी वायुका कारण मुलुकभर वर्षा

माघ १०, काठमाडौँ   पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ । साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ । आज काठमाडौँ उपत्यकाको तापक्रम ७.३ डिग्री सेल्सियस भएपनि दिउँसो अधिकतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार वीरेन्द्रनगरबाहेक सबै स्थानमा वर्षा भएको छ । आज काठमाडौँमापूरा पढ्नुहोस्


“बरु जागिर छोड्छौँ, छाउ भएका बेला पढाउन जाँदैनौँ”

  अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडौँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो नजिकै मष्टा देवताको मन्दिर छ, त्यसैले छाउ भएका बेला विद्यालय जाँदैनौँ”, शिक्षिका पशुपति बुढा भन्छिन् । त्यहाँ छाउ भएका बेला गएपछि देवता लाग्ने र जीवनभर निको नहुने भन्दै शिक्षिका विद्यालय नजाने उनी बताउँछिन् । “देउता लागे जीवनभर निको हुँदैन । देउता लागेर जिन्दगी नैपूरा पढ्नुहोस्


नेपाल र बेनिनबीच कूटनीतिक सम्बन्ध स्थापना

माघ १०, काठमाडौँ पश्चिम अफ्रिकी मुलुक बेनिनसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । यससँगै विश्वका १५७ राष्ट्रसँग नेपालको सम्बन्ध विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाल र बेनिनका स्थायी प्रतिनिधिद्वय क्रमशः दुर्गाप्रसाद भट्टराई र जेन क्लाउदी डो रेगोले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्ताबेजमा बुधबार हस्ताक्षर गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । नेपाली नियोगमा भएको उक्त कार्यक्रममा दुवै देशका राजदूतहरुले पारस्परिक सम्बन्ध विस्तारका साथै संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।