Main Menu

Monday, January 22nd, 2018

 

पार्टी एकताका लागि २ वटा कार्यदल बनाइने

माघ ८, भक्तपुर नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको पार्टी स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले दुई वटै पार्टीले एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको छ ।” सचिव भट्टराईले पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउनेपूरा पढ्नुहोस्


सल्यानमा बस दुर्घटना, ३ को मृत्यु

माघ ८, सल्यान   बस दुर्घटना हुँदा आज यहाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । रुकुमबाट दाङ घोराहीका लागि छुटेको कालिकामालिका यातायात प्रा.लि.को ना५ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका–६ स्थित बैगारेखोला नजिक दुर्घटना भएको थियो । मृत्यु हुनेमा रुकुम मुसिकोट नगरपालिका–५ की ३४ वर्षीया पुष्पा खड्का केसी, रुकुम प्यौघाका १७ वर्षीय भीमबहादुर खड्का र सल्यान बागचौर नगरपालिका–१० की ७० वर्षीया छन्चरी विक रहेको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनमा परी घाइते भएका १७ जनाको सल्यानको श्रीनगरमा उपचार भइरहेको र सामान्य घाइते भएका ७ जना उपचारपछि घर फर्किएकोपूरा पढ्नुहोस्


माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

माघ ८, काठमाडौँ माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सिआइएसपिआरका निर्देशक झाङ भिझियाङले हस्ताक्षर गरेका हुन् । आयोजना प्रमुख जोशीका अनुसार सम्झौतालगत्तै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम शुरु हुनेछ । सम्झौताबमोजिम आगामी दुई वर्षभित्र उक्त प्रतिवेदन तयार पार्नुपर्नेछ । त्यसका लागि रु. १ अर्ब ३१ करोड ३० लाख खर्च लाग्नेछ । विश्व बैंकले त्यसका लागि नेपाल सरकारलाई करिब रु. २ अर्ब सहयोगपूरा पढ्नुहोस्


अवैध भारतीय नोटसहित एक पक्राउ

माघ ८, विराटनगर ८ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेका छन् । उनलाई विराटनगरको ट्राफिक चोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट २ हजारको ४२५ थान बरामद गरेको जनाएको छ । पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


‘नेतृत्वको कमजोरीका कारण पराजय’

congress-meeting-flood

माघ ८, खोटाङ नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरिनुपर्ने निष्कर्ष निकालेका छन् । हलेसीमा काँग्रेस खोटाङद्वारा आज आयोजना गरेको जिल्ला सभापतिको भेलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय व्यहोर्नुको मूल कारण नेतृत्वको कमजोरी रहेको ठहर गर्दै पार्टीलाई तत्काल शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालेको हो । निर्वाचनको समीक्षा, भावी रणनीति निर्माण, निर्वाचनमा पार्टी पराजय हुनुका कारणलगायत विषयमा छलफल गर्न हलेसीस्थित जाम्बाला रिसोर्टमा बसेको भेलाले पार्टीको विधान पनि परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ । देश सङ्घीय संरचनामा गइसकेकाले सोहीअनुरुपको विधान निर्माण गर्नुपर्ने भएकाले विधान परिमार्जनका लागि समिति गठन गरिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए । विधान परिमार्जनकापूरा पढ्नुहोस्


दुर्घटनाबाट बच्यो सेनाको हेलिकप्टर

माघ ८, डोटी नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् । डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो । उड्नासाथ हेलिकप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराएका हुन् । आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो । त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो । समस्या समाधानका लागि इन्जिनीयरबाट जाँचबुझपूरा पढ्नुहोस्


थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन नपाउने

माघ ८, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् । उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा रहँदैआए पनि त्यसमा विराम लगाउन बलि दिन निषेध गर्ने निर्णय गरिएको बडघरियाका नरेन्द्रप्रसाद चौधरीले बताए ।  “भुइयारीमा थारु समुदायका १८ देवता हुन्छन्,” उनले भने, “सबै देवतामा पशुपक्षीपूरा पढ्नुहोस्


‘प्रचण्डको नेतृत्वमा गणतन्त्र स्थापना भएको’मा उत्तर कोरिया खुसी

माघ ८, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा चलेको जनयुद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा उत्तर कोरिया खुशी भएको उत्तर कोरियाका राजदूत किम योङ हकले बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा आइतबार अध्यक्ष प्रचण्ड र राजदूत किमबीच भएको भेटमा किमले कोरियाली प्रायद्वीपका जनता राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको बताए ।  भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको अध्यक्ष प्रचण्डले बताएको उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष प्रचण्डले कोरियाली नेता किम इल सुङको संघर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माणपूरा पढ्नुहोस्


पर्यटकको संख्या बढ्यो, तर व्यवसायी असन्तुष्ट

माघ ८, पोखरा नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक अघि सारे पनि पोखराका पर्यटन व्यवसायी भने त्यसमा सन्तुष्ट देखिएका छैनन् । सन् २०१७ मा पोखराको पर्यटन सम्बन्धमा छलफलका लागि नेपाल पर्यटन बोर्ड पोखराद्वारा आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले केवल संख्या मात्र बढेर पर्यटन व्यवसाय फस्टायो भन्न नमिल्ने बताएका छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भूकम्पपछि सन् २०१७ मा १० लाख ६० हजार विदेशी पर्यटक नेपाल आएको बताए । “भूकम्पले नेपालका केही सीमित ठाउँमा क्षति बनाए पनि त्यसले समग्र नेपालकै पर्यटनमा असर पार्यो,” उनले भने, “यसबीचमा सबै क्षेत्र र सम्पदा क्षति भएका होइनन्पूरा पढ्नुहोस्


चरा गणना सम्पन्न, ६ प्रजातिका चरा घटे

माघ ८, रत्ननगर, चितवन चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ । पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा)को गणना शुरु गरिएको थियो । चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी दिए । अघिल्लो वर्ष ५४ प्रजातिका जलपक्षीको गणना भएको थियो । यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेला परेको विँडारीको भनाइ छ । यहाँको अनुगमनमा कूल २१३ प्रजातिका चरा अभिलेख गरिएकामा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो । उनका अनुसार सिन्दूरेपूरा पढ्नुहोस्