Main Menu

Saturday, January 13th, 2018

 

२५ वर्षको कलिलो उमेरमै विश्वमा छाप छोडेकी महिला कलाकार – मारी बास्करसेफ

ग्रिक र रोमन कलाको सम्पन्न कला इतिहास र रेनेसा कालबाट विश्वकला दृश्यमा प्रभुत्व जमाएको इतिहास बोकेको युरोप उन्नाइसौँ शताब्दीसम्म पनि विश्वकलाको केन्द्र नै थियो । त्यहाँका कला पाठशालाहरु तथा कला प्रदर्शनीहरु प्रतिष्ठित मानिन्थे । विशेषगरी सन् १६४८ मा फ्रान्समा र सन् १७६८ मा इङ्ग्लाण्डमा स्थापना भएको रोयल आकेडेमी अफ आर्ट (Royal Academy of Art) र तिनीहरुले वार्षिक तथा अर्ध-वार्षिक रुपमा संचालन गर्ने कला प्रदर्शनीहरु निकै प्रतिष्ठित मानिन्थे । फ्रान्सको आकेडेमी (Academie des Beaux-Arts) ले आयोजना गर्ने कला प्रदर्शनीलाई सलोँ (Salon) भनिन्थ्यो, जुन सन् १६६७ देखि सुरु भएको थियो । त्यस प्रदर्शनीको मुख्य उद्देश्य भनेको आकेडेमीबाट ग्राजुएट भएका कला प्रशिक्षार्थीहरुको कलाकृतीहरुपूरा पढ्नुहोस्