Main Menu

Saturday, December 2nd, 2017

 

भारत र श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट १६ को मृत्यु

मंसिर १६, नयाँ दिल्ली भारत र श्रीलङ्कामा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ । सो आँधीबाट अन्य १०० जना व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढल्नुको साथै विद्युतीय लाइनहरु अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । आँधीले सडक छेउका घरहरु भत्काएको वा उडाएको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्तिलाई सो क्षेत्र खतरायुक्त भएको चेतावनी दिइएको छ । भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा क्षति पुगेको छ । ती क्षेत्रका सबै विद्यालय दुई दिनयता बन्दपूरा पढ्नुहोस्


इन्डोनेसियामा आँधीका कारण २० को मृत्यु, १७ हजार घरमा पूर्णतया क्षति

मंसिर १६, जाकार्ता इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा परी अरु ४ जना घाइते भएका छन् भने १ हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सबै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए । ठूलो क्षति बनाउनेगरी आँधी आएपछि नोभेम्बर २७ देखि संकटकाल घोषणा गरिएको छ । घटनाबाट प्रभावितहरूलाई सहयोगपूरा पढ्नुहोस्


जनयुद्धका कलाकार मणि थापा

तत्कालीन नेकपा (माओवादी) ले १० वर्षसम्म चलाएको जनयुद्धमा जनतामाझ चेतना फैलाउन नाटक, अपेरा आदिजस्ता साँस्कृतिक कार्यक्रमहरु सिर्जना गर्ने तथा मञ्चन गर्दै हिँड्ने चर्चित माओवादी युवा नेता मणि थापा हुन् । तत्कालीन निरंकुश राजतन्त्रात्मक शासनका सेना तथा पुलिसको तारो बनेका उनी साँस्कृतिक कार्यक्रम देखाउँदै हिँड्दा नै कयौं पटक ज्यान जोखिममा परेको उनी सुनाउँछन् । उनले जनयुद्धमा आफ्ना एक भाइ पनि गुमाएका थिए । उनले लेखन तथा गीतसङ्गीतमा आफ्नो प्रतिभा देखाएका छन् । हालसम्म नेता थापाका झण्डै आधा दर्जन कृतिहरु बाहिर आएका छन् । तिनीहरुमा गंगा काबेरी एक्स्प्रेस चिठ्ठी २०४४, फोकल्याण्डको टापुबाट (गिती सङ्ग्रह) २०५१, बगिरहेको सुनकोशी कविता सङ्ग्रह २०५८, गंगा काबेरीपूरा पढ्नुहोस्


कलंकीका होटलहरुमा व्यावसायिक यौनशोषणको स्थिति ‘भयावह’ – अध्ययन

मंसिर १६, काठमाडौँ काठमाडौँका विभिन्न क्षेत्रमा धेरै मानिसको आवतजावत हुने बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत बालिका तथा श्रमजीवी महिला जोखिममा रहेको पाइएको छ । चेञ्ज नेपाल नामक सामाजिक संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा हालै भएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनि र शोषणमा पर्ने परेको पाइएका हुन् । कलंकी तथा त्यस आसपास क्षेत्रका होटलमा १८ वर्षभन्दा कम उमेरका किशोरीलाई काममा लगाइएको छ । अनुगमनका क्रममा भेटिएका करिब २० किशोरी काठमाडौँ उपत्यका बाहिरका थिए । अधिकांश किशोरीले आफ्नो उमेर ढाँटेर परिपक्व भएकोपूरा पढ्नुहोस्


एमाले नेता खनाल चढेको गाडी नजिकै बम विस्फोट

मंसिर १६, मंगलबारे, इलाम पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ । नेता खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपिन कर्मचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए । प्रजिअ विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए । उनका अनुसार विस्फोट खनाल सवारपूरा पढ्नुहोस्