Main Menu

December, 2017

 

सम्पादकलाई धम्कीप्रति महासंघको ध्यानाकर्षण

पुस १६, काठमाडौँ काठमाडौँबाट सञ्चालित ‘तीव्रखबर डटकम’ अनलाइनमा प्रकाशित समाचारलाई लिएर धम्की दिएकाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञप्ति जारी गरी चौधरी ग्रुपका बारेमा समाचार लेखिएको भन्दै विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । “अनलाइनका कार्यकारी सम्पादक रोशन कार्कीका अनुसार चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर र नक्कली भ्याट बिलका सम्बन्धमा समाचार प्रकाशित भएपछि टेलिफोनबाट ‘चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ ? तुरुन्त चौधरी ग्रुपको विरुद्ध समाचार लेख्न बन्द गर्, नत्र भौतिक कारबाही गर्न पछि नपर्ने’ भनी धम्की आएको” विज्ञप्तिमा जनाइएको छ ।पूरा पढ्नुहोस्


६ महिनादेखि तलब पाएका छैनौँ – मेलम्ची आयोजनाका मजदुर

पुस १६, हेलम्बु, सिन्धुपाल्चोक मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ले मजदुरलाई ६ महिनादेखि तलब दिएका छैनन् । सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म सडकको काम गर्ने जिम्मा स्थानीय बुद्धिकृष्ण लामिछानेलाई दिएको थियो । लामिछानेले १३ जना कामदार लगाएर काम गरेकोमा ६ महिनादेखिको पारिश्रमिक उनीहरुले नपाएको गुनासो गरेका छन् । ठेकेदार कम्पनीले निश्चित काम गर्न तोकिएकाले मजदुरलाई पारिश्रमिक नदिँदा अन्तिम चरणमा पुगेको आयोजनाकै काम अवरुद्ध हुन सक्ने चिन्ता बढेको सडकमा काम गर्न खटिएका हेलम्बु गाउँपालिका–२, क्यूलका चिरञ्जीवी भण्डारीले बताए । “हामीलाई काम लगाएकाले ६ महिनादेखि तलब दिएनन् । यसले गर्दा कामपूरा पढ्नुहोस्


वैदेशिक सहायता परिचालन तथा मूल्याङ्कनसम्बन्धी तीनवटा प्रतिवेदन सार्वजनिक

वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो – मन्त्रालय प्रतिवेदन

पुस १६, काठमाडौँ अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन तथा मूल्याङ्कनसम्बन्धी तीनवटा प्रतिवेदन आज सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास सहायता प्रतिवेदन २०७३/७४, विकास सहायता मूल्याङ्कनसम्बन्धी प्रतिवेदन र संघीयतामा वैदेशिक सहायता परिचालनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरे । विकास सहायता प्रतिवेदनअनुसार सो अवधिमा १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन भएको बताए । यो सहायता अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी हो । कुल सहायतामध्ये ५८ करोड २३ लाख ३९ हजार डलर अर्थात् ४१.७६ प्रतिशत अनुदान, ५४ करोड ८८ लाख ५० हजार अर्थात् ३९.३६ प्रतिशत ऋण र २६ करोड ३३ लाख ३६ हजारपूरा पढ्नुहोस्


फूलबारी रिसोर्टलाई कर छुट दिन मिल्दैन – सर्वोच्च अदालत

पुस १६, काठमाडौँ सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले द्वन्द्वकालमा आफूले होटल सञ्चालन गरेको हुँदा सरकारले मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गरेका थिए । अदालतले आज सो रिट निवेदन खारेज गर्दै कर छुट नदिने फैसला सुनाएको हो । आदेशअनुसार रिसोर्ट सञ्चालक अमात्यले क्यासिनो र होटल सञ्चालन गरेबापत रोयल्टीकोपूरा पढ्नुहोस्


त्रिविको ४३ औँ दीक्षान्त समारोह सम्पन्न

अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादनः प्रधानमन्त्री

पुस १६, ललितपुर प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पुर्याएको योगदान अतुलनीय रहेको छ ।” मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा ज्ञान विज्ञान र प्रविधिका क्षेत्रमा समसामयिक अध्ययन अनुसन्धानमा त्रिविबाट निकै ठूलो काम भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, “मुलुकको राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश राजनीतिक–सामाजिक एवं प्रशासनिक व्यक्तित्व यसै विश्वविद्यालयका उत्पादन हुन् ।” शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामूलकपूरा पढ्नुहोस्


सिरियामा आइएसद्वारा हत्या गरेर गाडिएका ११५ सर्वसाधारणको शव निकालियो

पुस १६, दमास्कस सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ । ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्वारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था सानाले जनाएको छ । ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो । उनीहरुलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान नजिकैको ठाँउमा आईएस लडाकूहरुले मारेको सानाले लेखेको छ । सबै शवलाई लडाकूहरुले एकै रातमा जमिनमा पुरेर छाडेका थिए । सानाले जनाएअनुसार अर्को आम चिहानबाट पनि शवहरु बाहिर निकालिएको छ । तर त्यसलाई सार्वजनिक गर्ने कार्यपूरा पढ्नुहोस्


विषादी सप्ताह पुस २७ गतेदेखि

पुस १६, काठमाडौँ ‘घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार’भन्ने नाराका साथ देशभर विषादी सप्ताह आयोजना गरिने भएको छ । बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सो सप्ताह आयोजना हुन लागेको हो । पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न जिल्लामा फरकफरक कार्यक्रम गरिने निर्देशक अच्युतप्रसाद ढकालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसैगरी, राजधानीमा प्रभातफेरि, प्रवचन, रेडियो तथा टेलिभिजनबाट विषादी नियन्त्रण विषयक कार्यक्रम, नेपाल टेलिकमबाट एसएमएस प्रशारण, विभिन्न नाकाबाट राजधानी आयात भइरहेका तरकारीको नमूना परीक्षण, सडक नाटक, अन्तरक्रिया गोष्ठी, सार्वजनिकस्थल तथा सम्बन्धित निकायमा पर्चा, पम्पलेट,पूरा पढ्नुहोस्


मजदूरको मासिक ज्याला कम्तीमा १५ हजार हुनुपर्छ – प्रम देउवा

पुस १६, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु. १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला ९ हजार ७०० धेरै कम भएको टिप्पणी गर्दै भने,“ मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ ।” प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने पनि बताए । उनले दलहरुले निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट गरे । प्रधानमन्त्रीले तीन तहकैपूरा पढ्नुहोस्


चीनको प्रगतिले विश्वका जनता लाभान्वित हुने आशा

भक्तपुर,  पुस १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विश्वमा नयाँ युद्धको खतरा बढेको बताएका छन् ।  नेपाल प्राध्यापक समाजले यहाँ आयोजना गरेको ‘समाजवादी आन्दोलनको विगत र वर्तमान’ विषयको प्रवचन कार्यक्रममा उहाँले संयुक्त राष्ट्र संघले प्रजग कोरियामाथि झन् कडा नाकाबन्दी लगाएकामा विरोध गर्दै तेल ढुवानीसमेत प्रतिबन्ध लगाउनाले युद्धको खतरा बढेको बताए ।  रुसी कम्युनिष्ट नेता स्टालिन र चिनियाँ कम्युनिष्ट क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस र क्युबाली स्वतन्त्रता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा बिजुक्छेले इजरायलको राजधानी जेरुसेलम बनाउन विशेषाधिकार प्रयोग गरेका कारण भीडन्त अझ चर्किने बताए ।  कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं नवनिर्वाचित सांसद प्रेम सुवालले नेकपा (एमाले) नेपाली काँग्रेसकैपूरा पढ्नुहोस्


दलितको श्रम र सीप चल्छ, तर भान्सा चल्दैन

पुस १६, बाँके नेपालगन्जबाट करिब १६ किलोमिटर उत्तर-पश्चिममा अवस्थित बैजनाथ गाउँपालिका-८ पिपरीमा दलित र गैरदलितको मिश्रित बसोवास छ । गाउँका दलित र गैरदलित मर्दापर्दा एक-अर्काको काममा सघाउँछन् । खेतीपातीका बेला खेतबारीको काममा सहयोग आदानप्रदान हुन्छ । करेसाबारीमा उत्पादन भएका तरकारी र अन्नपात पैंचो पनि चल्छ । तर, त्यस गाउँका दलित र गैरदलितबीच श्रम चल्छ, पानी चल्दैन । “हरियो तरकारी, दाल, चामल पैंचो चल्छ, तर भान्सा र पानी चल्दैन,’ स्थानीय चन्द्रा विकले भनिन् । उनले भान्सा र पानी नचलेका कारण चाडपर्व र बिहेबारीमा छिमेकमै भए पनि दलित र गैरदलितले एक-अर्कालाई नबोलाउने गरेको बताइन् । गैरदलितले दलितको घरमा गएर खान मन नगर्नेपूरा पढ्नुहोस्