Main Menu

Monday, November 20th, 2017

 

पेरिस सम्झौता कार्यान्वयनमा कोशेढुङ्गा बन्यो बोन सम्मेलन

मंसिर ४, बोन, जर्मनी विश्वभर निकै चासो र महत्वका साथ हेरिएको जर्मनीको बोनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी (यूएनएफसीसीसी) को २३ औं सम्मेलन (कोप–२३) ले ठोस कुनै निर्णय गर्न नसके पनि दुई वर्षअघि पारित भई कार्यान्वयनमा आएको पेरिस सम्झौताको कार्यान्वयन खाकाको मस्यौदामा राखिने विषयवस्तु तयार गर्न भने सफल भएको छ । अर्को वर्ष पोल्याण्डमा हुने कोप २४ मा पुग्दा पेरिस सम्झौताको कार्यान्वयनले नयाँ दिशा पहिल्याउने मात्र नभई विकसित र अतिकम विकसित तथा विकाशोन्मुख मुलुकहरुबीच रहेको अविश्वास र आरोपप्रत्यारोपको अवस्था अन्त्य भई सुरक्षित विश्वको सुनिश्चिततामा हातेमालो गर्दै अगाडि बढ्न बोन सम्मेलन सक्षम भएको दाबी गरिएको छ । जलवायुजन्य जोखिम न्यूनीकरण तथापूरा पढ्नुहोस्


चुनावपछि विकासको लहर – नेता प्रकाश

मंसिर ४, गोरखा गोरखा जिल्ला क्षेत्र नम्बर-२ दुई अन्तर्गतको गोरखा नगरपालिका वडा नम्बर ९ को विभिन्न स्थानमा सयुक्त बाम गठबन्धनको चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिका-९ को दल भञ्ज्याङ, लक्ष्मी बजारमा चुनावी सभा तथा घर दैलो कार्यक्रम भएको हो । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले चुनाव पछि विकासको लहर आउने दाबी गरेका छन् । श्रेष्ठले स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर प्राथमिकताको आधारमा विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गोरखा जिल्लाको समग्र विकासकोपूरा पढ्नुहोस्


बबरमहलमा ‘एन ओडेसी अफ आर्ट’

मंसिर ४, काठमाडौँ स्पेक्ट्रम कला संस्थाको आयोजनामा गत शनिबारदेखि नेपाल कला परिषद्, बबरमहलमा ‘एन ओडेसी अफ आर्ट’ कला प्रदर्शनी सुरु भएको छ । बुधबारसम्म चल्ने सो कला प्रदर्शनीमा १४ जना कलाकारहरुको झण्डै १ सयवटा कलाकृतिहरु प्रदर्शित छन् । कलाकारहरुमा अनामिका गौतम, विष्णु चौधरी, दल बहादुर राई, दिपक महर्जन, दिपक थामी, ईन्द्र खत्री, ईन्द्र श्रेष्ठ, इशान परियार, ज्योति प्रकाश, किशोर कनौजिया, महेश आचार्य, नम्रता सिंह, राम कृष्ण थापा र सबिता डंगोल छन् । ‘ओझेलमा परेका कला, कलाकार तथा ऐतिहासिक स्थानहरुलाई उजागर गर्दै लानु हाम्रो लक्ष्य हो,’ स्पेक्ट्रमका अध्यक्ष ईन्द्र श्रेष्ठ भन्छन्, ‘त्यसैले यस संस्थाले राजधानीमा मात्र केन्द्रित नभई विभिन्न जिल्ला तथापूरा पढ्नुहोस्


जनकपुरलाई प्रदेश २ को राजधानी बनाउन गृहकार्य

मंसिर ४, महेन्द्रनगर, धनुषा नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु भइसकेको बताएका छन् । धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन काँग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी गराए । “प्रदेशको राजधानी बनाउनु चानचुने कुरा होइन । गम्भीर प्रयास र सहयोगको खाँचो छ र जनकपुरलाई राजधानी बनाउन म लागिपरेको छु,” उनले भने । प्रदेश नं २ को राजधानी बनाउनु आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै निधिले भने, “राजधानी बनाउन पूर्वाधारपूरा पढ्नुहोस्