Main Menu

Sunday, November 19th, 2017

 

रत्नपार्कमा बायोग्यास प्लान्ट

मंसिर ३, काठमाडौंँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज रत्नपार्कमा बायोग्यास प्लान्टको शिलान्यास गरेका छन् । पाँचौँ विश्व चर्पी दिवसको अवसरमा रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ प्रमुख शाक्यले आज बायोग्यास प्लान्टको शिलान्यास गरेका हुन् । सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहोर पानीको उचित व्यवस्थापन र शौचालयलाई स्वच्छ बनाउनका लागि बायोग्यास प्लाट निर्माण गर्न लागिएको शाक्यको भनाइ छ । रत्नपार्कको बायोग्यास प्लाट एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो । प्लान्ट निर्माणका लागि ६ लाख खर्च हुने महानगरले जनाएको छ । रत्नपार्कको बायोग्यास प्लान्टबाट उत्पादन हुने ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने बताइएको छ । सफापूरा पढ्नुहोस्


‘अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसा थिए’

मंसिर ३, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् । बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उनको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा. जेपी जैसवालले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, “अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको ९ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ ।” “अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उहाँ पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हुँदा बिहान ५ बजेरपूरा पढ्नुहोस्


विकल्पको मल प्रयोग गर्न सुझाव

मंसिर ३, विराटनगर अनुदानको मलको विकल्पमा माटोको खाद्यतत्व सन्तुलनमा प्रभावकारी हुने मल प्रयोगले बालीको उत्पादनमा वृद्धि गर्न सकिने कृषि विज्ञले यहाँ सुझाव दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगर र साई फर्टिलाइटर भारतद्वारा संयुक्तरुपमा यहाँ शनिबार आयोजित ‘रासायनिक मलसम्बन्धी कारोबार गर्ने बिक्रेता (सहकारी) र उपभोग गर्ने कृषकस्तरीय तालीम’ कार्यक्रममा विज्ञले बाली लगाउने बेलामा अनुदानको युरिया, डिएपी र पोटास मलको विकल्पमा एमोनियम सल्फेट र सिंगल सुप फस्फेट मल प्रयोग गरेमा उत्पादनमा वृद्धि हने सुझाव दिएका छन् । कर्पोरेशनका कृषि विज्ञ भगवान् खतिवडा र साई फर्टिलाइजरका प्रतिनिधि विश्वरुप घोषले सिफारिशको मात्रा र प्रयोग गर्ने विधिअनुसार प्रयोग गरिएमा अनुदान मलभन्दा कम खर्चमापूरा पढ्नुहोस्


नदी बगरमा बालुवा चाल्नेहरु भन्छन् : पीडा बुझेर समाधान गर्नेलाई मतदान गर्छौं

  मंसिर ३, कञ्चनपुर कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलाका कुले विकले महाकाली नदीको बगरमा बालुवा चाल्दै आएको २ दशक बितेको छ । १० वर्षको उमेर छँदादेखि नै अभिभावकसँगै बालुवा चालेर बिक्री गरेर आएको पैसाले घर खर्च चलाउँदै आएका उनि पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न निकै हौसिनु भएको छ । महाकाली नदीको बाढीले घरबारविहीन बनाइएका परिवारको पुनः स्थापन गर्ने उम्मेदवारलाई उनले मतदान गर्ने सोच बनाएका छन् । बालुवा चालेर जीविका धान्दै आए पनि कसैले अहिलेसम्म हाम्रा पीडा बारे बुझेका छैनन् उनले भने, “घरबासका लागि जग्गा, रोजगारीको उचित व्यवस्था र स्वास्थ्योपचारको व्यवस्था गर्न उत्सुक देखिएका उम्मेदवारलाई मतदान गर्छु ।” आधा उमेरपूरा पढ्नुहोस्


हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

industrial-area-hetauda-mayurdhap

मंसिर ३, हेटौँडा ३ नं. प्रदेशको राजधानी हेटौँडा तोकिएमा तत्कालका लागि अर्को व्यवस्था नभएसम्म निर्वाचित प्रतिनिधिलाई खाना, आवास, यातायात सहितको सुविधा निःशुल्क दिने होटल व्यवसायी संघ मकवानपुर र नारायणी यातायात व्यवसायी संघ मकवानपुरले प्रतिबद्धता जनाएका छन् । हेटौँडामा एक कार्यक्रमको आयोजना गरेर प्रदेशको राजधानीका लागि चाहिने पूर्वाधारको विषयमा छलफल गर्दै हेटौँडाका उद्योगी, व्यवसायीलगायत सबैको पहलमा यस्तो निर्णय गरिएको हो । होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले निर्वाचित प्रतिनिधिका लागि निःशुल्क खाना र आवास आफ्नो संघले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हेटौँडामा पर्याप्त होटल रहेको भन्दै प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने जानकारी दिए । त्यसैगरीपूरा पढ्नुहोस्


जलाशययुक्त आयोजना उम्मेदवारका चुनावी एजेण्डा

मंसिर ३, मन्थली, रामेछाप ‘तामाकोशी नदीको दुईतिर नहर, नहरको छेउमा मन्थली शहर’ प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनले जारी गरेको संयक्त प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजनाको रुपमा देखिएको छ । वाम गठबन्धनले विभिन्न जलाशययुक्त आयोजनालाई चुनावी एजेण्डा बनाएको छ । खिम्तीखोला कोरिडोरमा ५ वटा, लिखु कोरिडोरमा ७ वटा, तामाकोशी–१, सुनकोशी–१ र अन्य साना मझौला जलविद्युत् परियोजना सञ्चालनको लागि लगानीको वातावरण बनाइ कार्यान्वयनमा ल्याइने तथा त्यसबाट करिब २ हजार मेगावाट विद्युत् निकाल्ने लक्ष्य रहेको प्रतिबद्धता जनाएको छ । रामेछाप नगरपालिका सुकाजोर क्षेत्रमा सिमेन्ट उद्योगको स्थापना गरिने, नगरपालिकाको बासे क्षेत्र आसपासमा स्लेट ढुंगा उद्योगको स्थापना गरिने, ठोसे फलाम खानीलाई तत्काल सञ्चालनमा ल्याइने, काष्ठपूरा पढ्नुहोस्


दृष्टिविहीन बालबालिकाका लागि रु. १ करोड बराबरको जग्गादान

मंसिर ३, पोखरा दृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान, क्षमता अभिवृद्धि र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा–लेखनाथ महानगरपालिका–१४ का एक दम्पतीले रू. १ करोड मूल्य पर्ने जग्गा दान गरेका छन् । स्थानीय भीम तिमिल्सिना र श्रीमती बन्दना तिमिल्सिनाले महानगर–१४ चाउथेमा रहेको रू. १ करोड मूल्य पर्ने ५ आना २ दाम जग्गा दान गरेका छन् । उनिहरुले उक्त जग्गा नेपाल नेत्रहीन संघको नाममा रजिष्ट्रेशन गरी जग्गाधनी पुर्जा संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीलाई हस्तान्तरण गरेका छन् ।


तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

मंसिर ३, दोलखा स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८.३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भनेपूरा पढ्नुहोस्


‘सुरक्षा चुनौती गम्भीर’

मंसिर ३, काठमाडौँ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भई राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा लागेको बेला एकाएक रुपमा देखिएको सुरक्षा चुनौतीको प्रश्नले सबैलाई गम्भीर तुल्याएको बताएका छन् । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल(नियोक)द्वारा निर्वाचन पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आज यहाँ आयोजित प्रशिक्षणको उद्घाटन गर्दै उनले भने, “सुरक्षामा चुनौती खडा गर्ने यस्तो घटना किन र केका लागि भइरहेको छ, यसले हामीलाई अनुत्तरित प्रश्न उब्जाएको छ । ” नेपालको संविधान, गणतन्त्र र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा हुने आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको सबै पक्षबाट पूर्णरुपमा पालना हुन आवश्यक रहेको बताउँदै डा.यादवलेपूरा पढ्नुहोस्


कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता : सचिव ज्ञवाली

मंसिर ३, तम्घास, गुल्मी नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता भएको बताएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नं. १ को निर्वाचन प्रचारमा रहेका सचिव ज्ञवालीले भने, “नेपाल कम्युनिष्ट पार्टीको जन्म नै राणाशासनको अन्त्यका लागि संघर्ष गर्ने लक्ष्यका साथ भएको थियो । त्यसपछि हामी निरंकुश पञ्चायत र राजतन्त्र विरोधी आन्दोलनमा विनासम्झौता लाग्यौँ । यस्तो शक्ति अलोकतान्त्रिक हुनै सक्दैन ।” सत्तारूढ नेपाली काँग्रेसका नेताहरूले भने वाम गठबन्धनले बहुमत ल्याएमा लोकतन्त्र खतरामा पर्ने बताउँदै आएका छन् । नेता ज्ञवालीले पञ्चायत विरोधी आन्दोलनमा लाग्दापूरा पढ्नुहोस्