Main Menu

Saturday, November 18th, 2017

 

पहिलो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा

मंसिर २, काठमाडौँ यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए । पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । “निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपछिको गरी ३ तहको निर्वाचन सुरक्षा योजना बनेको छ,” प्रवक्ता दुवाडीले भने, “निर्वाचनपूर्व खबर संकलन, कमाण्ड पोष्ट स्थापना, राजनीतिक दलसँगको समन्वय, मतदानस्थलको सुरक्षा व्यवस्थालगायतका निर्वाचनपूरा पढ्नुहोस्


डा. भट्टराई होइन, नारायणकाजीलाई चुनौं– वाम बौद्धिक [वक्तव्यको पूर्णपाठ सहित]

मंसिर २, काठमाडौं आगामी मंसिर १० गते हुन गइरहेको संसद र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको मिति नजिकीँदै गर्दा गोरखा क्षेत्र नं.२ मा नयाँ शक्तिका डा. बाबुराम भट्टराईप्रतिको समर्थन घट्दो र वाम गठबन्धनका उम्मेदवार नारायणकाजीप्रतिको समर्थन बढ्दो गतिमा तीव्रता आएको छ । यसैबीच देशका चर्चित वाम बौद्धिकहरुले नेपाली कांग्रेस नेतृत्वको दक्षिणपन्थीहरुको लोकतान्त्रिक गठबन्धनको समर्थन र सहयोगमा चुनावी मैदानमा रहेका डा. बाबुराम भट्टराई ‘मार्क्सवादी–विचारधाराका पक्षधर मात्र नरहेका होइनन्, उनका पछिल्ला गैर राजनीतिक र सिद्धान्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधि पात्र बन्न पुगेका’ ठहर्याई गोरखाका जनतालाई उनलाई होइन नारायणकाजी श्रेष्ठलाई मतदान गर्न आह्वान गरेका छन् । उनीहरुले आजै एक वक्तव्य जारी गरी सो आह्वानपूरा पढ्नुहोस्


नेता पौडेललाई लक्षित गरी बम प्रहार

uml-insisting-poudel

मंसिर २, लमजुङ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी उनी चढेको जिपमा आज बम प्रहार भएको छ । तनहुँबाट लमजुङतर्फ आउँदै गर्दा तनहुँको भानु नगरपालिका– १० स्थित नेपालडाँडामा नेता पौडेल सवार बा१३च ३७४२ नं को जिपमा बम प्रहार भएको हो । बम प्रहारबाट एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । बम प्रहारबाट पौडेल चढेको जिपको सिसा फुटेको छ । वरिष्ठ नेता पौडेल लमजुङ सदरमुकाम बेँसिशहरमा आज आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न आउँदै थिए ।


सफल भयो मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण

मंसिर २, काठमाडौँ मेलम्चीको पानी उपत्यकामा वितरणका लागि निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पानी प्रशोधन केन्द्रको परीक्षण सफल भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सुन्दरीजलमा निर्माण भएको ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्रका ६ वटै कक्षको परीक्षण सम्पन्न भएको हो । वाग्मतीको पानी लगेर प्रशोधन केन्द्र परीक्षण गरिएको थियो । परीक्षणबाट केन्द्र निर्माण सफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी लामो सुरुङ मार्गमार्फत् दैनिक १७ करोड लिटर पानी उपत्यका ल्याइँदैछ । बाँकी ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण पनि तीव्र गतिमा भइरहेको उनले जानकारीपूरा पढ्नुहोस्


प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

मंसिर २, काठमाडौँ सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए । उनले चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ । प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ । नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुखपूरा पढ्नुहोस्


राष्ट्रपति मुगाबेले राजिनामा नदिने, सडकप्रदर्शनको लागि सेनाको आह्वान

मंसिर २, हरारे जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन् । लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहहेका छन् । उनले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ । यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ । हाल सेनाको नजरबन्दमा रहेका ९३ वर्षीय मुगाबे जिम्बावेमा लामो समयदेखि शक्तिमा छन् । त्यसो त उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरेका छन् । सो विषयमा भने अहिलेसम्मपूरा पढ्नुहोस्


क्याटलोनियाली नेताहरू बेल्जियमको अदालतमा

मंसिर २, ब्रसेल्स, बेल्जियम स्पेनी सरकारले राज्य टुक्राउने अभियानमा संलग्न रहेको आरोपमा पक्राउ पूर्जी जारी गरेका क्याटलोनियाली नेता चार्ल्स पुज्डमोन लगायतका चार नेतालाई स्पेन सरकारलाई सुपुर्दगी गर्ने वा नगर्ने निर्णयमाथि हुने सुनुवाईमा सहभागी हुन शुक्रबार बेल्जियमको अदालतका उपस्थित भएका छन् । स्पेनबाट क्याटालोनिया टुक्राउने असफल अभियानमा लागेका पुज्डमोन र उनका चार पूर्वमन्त्री गत महिना बेल्जियममा शरण लिन गएपछि म्याड्रिडले उनीहरूलाई पक्राउ पूर्जी जारी गरेको थियो ।  तर क्याटलोनियाको स्वतन्त्रता अभियानमा सहभागी ती नेताले आफूलाई स्पेनी अदालतले न्यायपूर्ण निर्णय नदिने डरमा स्पेनी अदालतमा उपस्थित नभएपछि उनीहरूलाई यूरोपी कानून बमोजिम पक्राउ गरी सुपुर्दगी गर्न स्पेनले आग्रह गरेको थियो । बेल्जियमको अदालतले क्याटलोनियाली विद्रोही नेतापूरा पढ्नुहोस्