Main Menu

Friday, November 17th, 2017

 

पर्यटन पूर्वाधारको अभाव

मंसिर १, काठमाडौँ मुलुकको पर्यटन व्यवसायसँग सम्बद्ध उद्यमी व्यवसायीले मात्र होइन उच्च सरकारी अधिकारीले समेत पर्याप्त भौतिक पूर्वाधारको अभावमा पर्यटन उद्योग अपेक्षानुसार फस्टाउन नसकेको बताएका छन् । कतार एयरवेजले नेपालमा सेवा शुरु गरेको २०औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘नेपालको पर्यटन : सम्भावना र चुनौती’ विषयक कार्यशालाका सहभागिले त्यस्तो बताएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले विश्वकै अद्वितीय पर्यटकीय गन्तव्य मुलुक नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका निम्ति आफू प्रतिबद्ध रहेको बताए । उनले भौतिक पूर्वाधारको अभावमा सोचेजस्तो विकास हुन नसकेको स्वीकार गरे । वैदेशिक मुद्रापूरा पढ्नुहोस्


चार जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै

मंसिर १, काठमाडौंँ नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका ४ महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा हेर्दा साञ्जेन जलविद्युत् आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । सो आयोजनाले रु. ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । उक्त कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी २पूरा पढ्नुहोस्


निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम १ हप्ताभित्र आइसक्ने : प्रमुख आयुक्त डा. यादव

मंसिर १, काठमाडौँ निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा १ हप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, “प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा १ हप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ ।” शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज यहाँ आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए । उनले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्तापूरा पढ्नुहोस्


निर्वाचनमा बालबालिका प्रयोग भए/नभएको अनुगमन गरिने

मंसिर १, ओखलढुंगा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग भए/नभएको अनुगमन गरिने भएको छ । दलहरुको प्रचारप्रसारमा बालबालिका प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै महिला तथा बालबालिका कार्यालयले अनुगमन गर्ने तयारी गरेको महिला तथा बालबालिका कार्यालय ओखलढुंगाका महिला विकास अधिकृत प्रवल श्रेष्ठले जानकारी दिए । एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगाको सबै तहमा निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग भए/नभएको बारेमा अनुगमन टोली परिचालन गरिने तयारी भएको महिला विकास अधिकृत श्रेष्ठले बताए । जिल्लामा क्रियाशील राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएकाले सो क्रममा जिल्लामा बालबालिकाको प्रयोग हुनसक्ने भन्दै अनुगमन गर्न लागिएको हो । अनुगमनका लागि सिद्धिचरण नगरपालिकामा आमबहादुरपूरा पढ्नुहोस्


नेपाल अफगानिस्तानसँग पराजित

मंसिर १, काठमडौँ मलेसियामा जारी एसीसी यु–१९ एसिया कपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित किन्नरारा ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको अफगानिस्तानले २०.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अफगानिस्तानलाई जितका लागि १० रन मात्र आवश्यक भएको बेला वर्षाका कारण खेल करिब २ घन्टा स्थगित हुनपुगेको थियो । नेपालले सबै विकेट गुमाउँदै २८ ओभरमा १०३ रन मात्र बनायो । नेपालका लागि अनिलले शाहले सर्वाधिक ५० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान एक्लैले ६ विकेट लिए । अफगानिस्तानको जीतमापूरा पढ्नुहोस्


महरा, अनन्त र ओनसरी चढेको गाडि माथि बम प्रहार

मंसिर १, रोल्पा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगरलाई लक्षित गरि बम प्रहार भएको छ । शुक्रबार अपरान्ह सुलीचौरबाट लिबाङ जाँदै गरेका माओवादी केन्द्रका वरिष्ठ नेताहरुलाई लक्षित गरी रोल्पा नगरपालिकाको सातदोबाटो र लिबाङको बीचमा पर्ने भदौरे जंगलमा अपरान्ह साढे १२ बजे २ वटा बम विस्फोट गराईएको हो । जंगलबाट प्रहार गरिएको बम नेताहरु सवार गाडिभन्दा १० मिटर जंगलतिर फिस्फोट भएका थिए । बम विस्फोटले कुनै क्षति भएको छैन । उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता महरा, वाम गठबन्धनबाट प्रतिनिधिसभामा रोल्पाबाट उम्मेदवार रहेका अर्का वरिष्ठ नेता अनन्त र निवर्तमान सभामुख घर्ती चुनावीसभालाई संबोधन गर्न सुलीचौरबाटपूरा पढ्नुहोस्


चितवन क्षेत्र नं ३ मा प्रचण्ड कि पाण्डे ?

मंसिर १, चितवन चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेका चितवन क्षेत्र नं. ३ मा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुई शीर्ष नेताको प्रतिस्पार्धाले यहाँका निर्वाचन रोमाञ्चक बन्दै गएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको ध्यान तानेको छ । प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा २ प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)को आफ्नो उम्मेदवार भन्ने यहाँ छैन । प्रचण्ड नेकपा एमाले र पाण्डे नेपाली काँग्रेसको मतको आशमा निर्वाचन जित्ने दाबीका साथ चुनावी मैदानमा छन्पूरा पढ्नुहोस्


वैशाखी टेकेर संसद् प्रवेश गर्ने शर्माको अठोट

मंसिर १, फलेवास, पर्वत भोलानाथ शर्मा, पेशाले कानून व्यवसायी । उनलाई राजनीतिकर्मीभन्दा कानुन व्यवसायीका रुपमा धेरै परिचित छन् । पछिल्लो समयमा धौलागिरिको कानून व्यवसायको क्षेत्रमा लिनैपर्ने नाममध्ये उनको पनि एक हो । उनि नेपाल सरकारले वर्गीकरण गरेको ‘ख’ वर्गको अपांगता भएको व्यक्ति हुन् । तर अपांगता भए पनि उनमा अहिले संसद्मा पुग्ने अठोट छ र उमेरले ४६ वर्ष अगाडि पर्वत चुवामा जन्मिएका शर्मा नेकपा एमालेबाट प्रदेश नं. ४ अन्तर्गत प्रदेशसभा सदस्यमा समानुपातिकतर्फका उम्मेदवार हुन् । यसअघिका चुनावमा पनि नेकपा एमालेकै तर्फबाट पटक पटक समानुपातिकको सूचीमा सिफारिश भए पनि अन्तिम अवस्थामा नाम काटिँदै आएका भोलानाथ शर्मा अहिले भने आफ्नो व्यवसायलाई पन्छाउँदैपूरा पढ्नुहोस्


जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

मंसिर १, जाजरकोट कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका लागि सहयोग गरेको देख्दा सबैलाई अनौंठो लाग्छ । दोस्रो संविधानसभामा जाजरकोट क्षेत्र १ बाट उम्मेदवार बनेका डम्बरबहादुर सिंह अहिलेका वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार बनेका शक्तिबहादुर बस्नेतबाट डम्बरसिंह पराजित भएका थिए । तत्कालीन क्षेत्र नं. १ का उम्मेदवार बस्नेत र सिंहले चुनावका बेला एक/अर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाएका थिए । अहिले सिंह नै बस्नेतलाई जिताउनका लागि गाउँ/गाउँमा भोट माग्दै छन् । पूर्वी क्षेत्रका सबै ठाउँमा परिचालनको मुख्य जिम्मेवारी बोकेर उहाँले बस्नेतका लागि गाउँगाउँमा पुगेर भोट मागिराखेका  छन् । “हाम्रो राजानीतिक लाइन जसरी अघि बढ्छ त्यसरीपूरा पढ्नुहोस्


वामपन्थीहरुको घोषणापत्र

गएको १७ असोजमा एमाले र माओवादी केन्द्रबीच आउँदो निर्वाचनमा गठबन्धन बनाएर जाने र पछि दुइटा पार्टी एकीकरण गर्ने भन्ने घोषणा भएसँगै यी दल या यो गठबन्धनका विषयमा धेरै चासो र टिप्पणी प्रकट भएका छन् । यसलाई घोषित रूपमै वाम गठबन्धनको नाम दिइएको छ । दुई कम्युनिस्ट पार्टीबीच भएको गठबन्धनपछि मोहनविक्रम सिंहको नेकपा मसाल पनि यस गठबन्धनमा सामेल भएको छ । यसैगरी नेकपा संयुक्तले माओवादी केन्द्रसँग पार्टी एकीकरण नै गरेको छ । बिस्तारै यो गठबन्धनबाहिर सिपी मैनालीको नेकपा माले र नारायणमान विजुक्छेको नेमकिपा मात्र परेका छन् । प्रभावका दृष्टिले ९८ प्रतिशत नेपालका वामपन्थी सामेल भएको यो एकप्रकारले महागठबन्धन बन्न पुगेको छपूरा पढ्नुहोस्