Main Menu

Thursday, November 16th, 2017

 

जिम्बाब्वेबारे छलफल गर्न दक्षिणी अफ्रिकी देशका विदेशमन्त्रीहरुको आकस्मिक बैठक

कात्तिक ३०, केप टाउन जिम्बाब्वेमा हाल देखिएको राजनीतिक र सुरक्षास्थितिको विषयलाई लिएर दक्षिणी अफ्रिकाली विकास समूह (एसएडिसि) मा आबद्ध देशहरुका विदेशमन्त्रीहरुको आकस्मिक बैठक बोलाइएको छ ।  ती विदेशमन्त्रीहरुको बैठक जिम्बाब्वेमा विकसित परिस्थितिको छलफलका लागि बिहीबारका लागि आह्वान गरेको छ । दक्षिण अफ्रिकाली राष्ट्रपति जाकोब जुमा र एसएडिसिको अध्यक्षको अग्रसरतामा बिहीबारबाट सो छलफल सुरु हुन लागेको हो । दक्षिण अफ्रिकामा अवस्थित एसएडिसिको सचिवालयमा सो छलफल सुरु हुनेछ । जिम्बाब्वेका ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेलाई बुधबार सबेरै सैनिकले नजरबन्द गरेको समाचार प्राप्त भएको थियो । यद्यपी जिम्बाब्वेका सैनिकले राज्यद्वारा सञ्चालित टेलिभिजनद्वारा आफूहरुले जिम्बाब्वे सरकारलाई नियन्त्रणमा नलिएको जानकारी दिएको छ । एसएडिसिको सचिवालयकापूरा पढ्नुहोस्


मैले कसैलाई धम्की दिएको छैन – गच्छदार

कात्तिक ३०, इनरुवा नेपाली काँग्रेसका नेता तथा उप्रधानमन्त्री विजयकुमार गच्छदारले नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई धम्की दिएको भन्ने कुरा निराधार भएको बताएका छन् । नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गच्छदारले एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका भगवती चौधरीलाई चुनाव प्रचारमा नखट्न धम्की दिएको भन्ने कुरा निराधार र हल्ला मात्र भएको बताएका हुन् । वाम गठबन्धनका उम्मेदवार भगवतीले पैसाको बलमा केही सञ्चारमाध्यममा आफूविरुद्ध झुठा हल्ला फैलाएको मन्त्री गच्छदारको भनाइ थियो । उपप्रधानमन्त्री गच्छदारले हल्लाको पछि नलाग्न पनि सुनसरी क्षेत्र नं ३ का मतदातासँग आग्रह गरे ।


वामपन्थी एकताबाट काँग्रेस आत्तिनु पर्दैन – अध्यक्ष ओली

कात्तिक ३०, फलेवास, पर्वत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता देखेर दक्षिणपन्थी शक्ति अत्तालिएको बताएका छन् । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले ‘वामपन्थी एकताबाट आत्तिएको’ नेपाली काँग्रेसले कम्युनिष्ट सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप लगाए । गठबन्धनले निर्वाचन जितेपछि मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याइने बताउँदै नेता ओलीले भने, “देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र समृद्धि सबै वाम गठबन्धनले दिन्छ ।” काँग्रेसले मुलुकलाई विप्रेषणबाट चलाउन खोजेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले चालीस लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नपूरा पढ्नुहोस्


नेता नारायणकाजीको प्रचार टोलीलाई लक्षित गर्दै बम विस्फोट

कात्तिक ३०, गोरखा वाम गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी आज कुकर बम विस्फोट भएको छ । गोरखा नगरपालिका–११ को सिर्दिखोला पुल नजिकै सडक छेउमा बोराभित्र राखिएको बम आज अपराह्न विस्फोट भएको थियो । उम्मेदवार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता विकलकुमार श्रेष्ठ चढ्ने बा २ च ९४६३ नम्बरको गाडी नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक प्रकाश अधिकारीकाअनुसार उम्मेदवार श्रेष्ठको प्रचार टोलीका चारजना नुहाइ धुवाइ गर्न र गाडी धुन सिर्दिखोलामा जाने क्रममा सो बम पड्किएको थियो । घटनास्थलमा सिल्भरका टुक्राहरु भेटिएकाले कुकर बम हुन सक्ने अनुमानपूरा पढ्नुहोस्


मुलुकभित्रै स्वदेशी कफीको खपत बढ्दो

कात्तिक ३०, काठमाडौँ मुलुकमा कफीको उत्पादन बढेसँगै प्रमुख शहरमा विदेशी कफीको तुलनामा स्वदेशी कफीको खपत पनि बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष देशभर जम्मा ४६६ मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करिब ७ प्रतिशतले वृद्धि हो । गत वर्ष ४३४ मेट्रिक टन कफी उत्पादन भएको थियो । मुलुकभित्रै स्वदेशी कफीको माग बढ्दै गएपछि हाल नेपालमा विदेशी कफीको आयात घटेको छ भने स्वदेशी कफीको निर्यात पनि कम भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा रु. ५ करोडपूरा पढ्नुहोस्


जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै

कात्तिक ३०, कपिलवस्तु विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ । स्थानीय निकायको बेवास्ता र ताल व्यवस्थापनको अभावमा जगदीशपुर तालमा जाडोको मौसम बढेसँगै चराको चोरी निकासी बढ्दै गएको हो । कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट आउने चराको चोरी निकासी बढ्दै गएको स्थानीयवासीले बताएका छन् । चोरी निकासी बढेपछि सरोकारवालालाई पटक–पटक जानकारी गराउँदा पनि चासो नदिएको स्थानीय विश्वराज पाण्डेले बताए । साइबेरियालगायतका देशबाट आउने पाहुना चराका साथै दुर्लभ कछुवा, माछासमेत ताल क्षेत्रबाट चोरी निकासी बढिरहेको छ । ताल क्षेत्रको संरक्षणको जिम्मा लिएका विभिन्न सरोकारवाला र स्थानीय तहले समेत चासो नदेखाएको स्थानीयवासीको आरोप छपूरा पढ्नुहोस्


विद्यालय चलाउन १ दिनको तलब र ६ दिन श्रमदान

कात्तिक ३०, फलेवास, पर्वत दुर्गम गाउँमा विद्यार्थी नभएर सामुदायिक विद्यालय धमाधम बन्द भइरहेका बेला पर्वतको सबैभन्दा दुर्गम मानिने महाशिला गाउँपालिका वडा नं १ होस्राङ्दीका बासिन्दा भने वर्षमा ६ दिन श्रमदान र १ दिनको तलब विद्यालयलाई सहयोग स्वरुप प्रदान गर्दै आएका छन् । साविकको होस्राङ्दी गाविस वडा नं. ५ को जम्पुरस्थित गोर्लाङधाम निम्न माध्यमिक विद्यालय सञ्चालनका लागि अभिभावकले वर्षमा १ दिनको तलब र प्रत्येक वर्ष ६ दिन श्रमदान गर्दै आएका हुन् । नजिकैको विद्यालय बन्द भए डेढ घण्टा विद्यार्थी हिँडाउनुपर्ने समस्या नआओस् भनेर विद्यालयका लागि नियमित चन्दा र श्रमदानबाट सहयोग गर्दै आएको अभिभावक बताउँछन् । विद्यालयका लागि दिएको चन्दा र श्रमदानबाटपूरा पढ्नुहोस्


नेपाल पहिलो पटक युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

कात्तिक ३०, काठमाडौँ एसिसी १९ वर्षमुनिको युथ एशिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रबार अफगानिस्तानको सामना गर्ने भएको छ । मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एशिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् । समूह ‘ए’ मा रहेको बंगालादेशले सोही समूहको भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको खेलमा ३ खेल खेलेको नेपालले २ खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । नेपालले बंगलादेशसँगकोपूरा पढ्नुहोस्


भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन

कात्तिक ३०,रत्ननगर, चितवन चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गरे । विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २०० जना भैँसीविज्ञ, वैज्ञानिक, प्राज्ञ तथा विद्यार्थीको सहभागिता छ । ‘भैँसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ नेपालमा नै पहिलो पटक चितवनमा शुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ । सम्मेलनमा भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानाडा र बेलायतका ५५ जना विदेशी विज्ञ सहभागी छन् । सो क्रममा बोल्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय,पूरा पढ्नुहोस्


तेह्रथुमको वसन्तपुर एक दशकमा समृद्ध शहर : राज्यमन्त्री गुरुङ

कात्तिक ३०, तेह्रथुम भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको वसन्तपुर बजारलाई आगामी एक दशकभित्र पूर्वकै एक समृद्ध नयाँ शहर बन्ने बताएका छन् । लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुरमा आयोजित चुनावीसभामा बोल्दै बुधबार काँग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएकी राज्यमन्त्री गुरुङले नयाँ शहरको रुपमा विकास शुरु भएको वसन्तपुरको विकासलाई कसैले रोक्न नसक्ने बताए । उनले मध्यपहाडी लोकमार्गले छोएका दश स्थानमा नयाँ शहरी आयोजना सञ्चालन गर्ने सरकारको अवधारणा बनेपछि आफूले वसन्तपुरलाई नयाँ शहर बनाउने अभियानमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । “अबको एक दशकभित्र बसन्तपुर अत्याधुनिक सुविधासहितको समृद्ध शहर बन्छ, यो नै पहाडी क्षेत्रको एउटा गन्तव्य बन्नेमा कुनै शंका छैन,” उनले भने ।पूरा पढ्नुहोस्