Main Menu

Friday, November 10th, 2017

 

राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण – अध्यक्ष प्रचण्ड

कात्तिक २४, रत्ननगर, चितवन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् । वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका अध्यक्ष प्रचण्डले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उनले भने, “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।” आज बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा जनताले विकास चाहेको बताउँदै अध्यक्ष प्रचण्डले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । घरदैलोका क्रममा अध्यक्ष प्रचण्डलाईपूरा पढ्नुहोस्


पूर्व राष्ट्रपति यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक’

कात्तिक २४, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गरेकी छन् । सर्वमान्य नेता स्व. गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको समारोहमा उनलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो । शान्ति प्रक्रियाका विभिन्न चरणमा उनले पुर्याएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लागि डा. यादवलाई अभिनन्दन गरिएको हो । समारोहमा राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुनपूरा पढ्नुहोस्


लोभ, डर र राजनीति

झलक सुवेदी ‘आफूलाई समाजसेवक ठान्छौ भने पार्टीबाट निक्लन परे पनि, चुनाव नजिते पनि किसानकै सेवामा लाग । अन्यथा, राजनीति छाड र आफ्नो पेट भर्ने अर्कै काममा लाग । जनसेवक बन्ने भए लोभ र डर छाडेर किसानको पक्षमा लाग । जनसेवक बन्ने भए लोभ र डर छाडेर किसानको पक्षमा लाग । स्वार्थपूर्तिका लागि आफ्नै पेट मात्र भर्ने भए सामन्तको पछि लाग ।’ नेपालमा भूमिसुधारसम्बन्धी बहस गर्दा भक्तपुरका किसान नेता जगन्नाथ आचार्यका प्रयास पनि सम्झनुपर्ने हुन्छ । उनले तत्कालीन नेपालमा जग्गावाल र मोहीबीचको सम्बन्धबारे उल्लेख गरेको एउटा प्रसंग बडो मार्मिक छ । ०१६ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइराला र त्यतिवेला भक्तपुरबाट कांग्रेसकापूरा पढ्नुहोस्


संकटा क्लब बन्यो राइनो गोल्डकप च्याम्पियन

कात्तिक २४, नवलपरासी नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौँले जित्न सफल भएको छ । बिहीबार नेपाल एपिएफसँग भएको फाइलन खेलमा संकटा क्लब काठमाडौँ विजयी भएको हो । निर्धारित समयसम्म दुवै समूहबाट १-१ गोलको बराबरी भएपछि खेल ‘ट्राइबेकर’मा धकेलिएको थियो । निर्धारित समयको ७१ मिनटमा एपिएफका जर्सी नं २७ का हरि कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनटमा संकटाका जर्सी नं १० का विदेशी मूलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारित समयमा दुवै तर्फबाट १-१ गोल भएको थियो । खेल ट्राइबेकरमा समेत ४-४ गोल भएपछि खेल ‘सडन डेथ’मा प्रवेश गरेको थियो । सडन डेथमापूरा पढ्नुहोस्