Main Menu

Wednesday, November 8th, 2017

 

भारतमा एयरलाइन्सका यात्रुलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि छानबीन समिति गठन (भिडियोसहित)

कात्तिक २२, नयाँ दिल्ली भारतको राजधानी नयाँ दिल्लीस्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि त्यसको छानबिनका लागि सरकारले छानबीन समिति गठन गरेको छ । करिब महिना दिनअघि भारतको चेन्नइबाट नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एकजना यात्रुलाई विमानस्थलमै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुर्व्यवहार गरेका थिए । मङ्गलबार सार्वजनिक भएको सो भिडियोमा एकजना यात्रुलाई विमान अवतरण गरेपछि बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालेको देखिन्छ । उक्त दुर्व्यवहारसम्बन्धी भिडियो मङ्गलबार मात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मङ्गलबार नै भारतका करोडौँ नागरिकले हेरिसकेका छन् ।   उक्त भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सलेपूरा पढ्नुहोस्


हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

कात्तिक २२, कञ्चनपुर हात्तीपाइले (फाइलेरिया) रोगको संक्रमण दर पत्ता लगाउनका लागि कञ्चनपुरमा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ । लगातार अभियान सञ्चालन गरी ५ वर्षसम्म हात्तीपाइलेको औषधि खुवाइएपछि यसको संक्रमण दर घटेको वा बढेको हो, त्यसको पत्ता लगाउनका लागि सर्वेक्षण कार्य गर्न लागेको हो । नमूनाका रुपमा कृष्णपुर र बेलौरी नगरपालिकामा हात्तीपाइलेको संक्रमण दर पत्ता लगाउन रगत जाँचको कार्य शुरु गरिनेछ । सो क्रममा तीन सय व्यक्तिको रगत नमूना जाँच गरिने जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताए । “यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उनले भने, “केही दिनभित्रै सर्वेक्षणको कार्य अगाडि बढाइन्छ ।” प्रतिवर्ष हात्तीपाइले रोगपूरा पढ्नुहोस्


फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

कात्तिक २२, बेँसीशहर, लमजुङ ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा ३ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकि गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झरेकि हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउथिन् । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गरिन् । त्यहाँको जागिर पनि छोडेर गुरुङले ३ वर्षअघिबाट पुष्प व्यावसाय शुरु गरेकि हुन् । पुष्प व्यवसाय शुरु गरेकि गुरुङ जिल्लामै एक्लो हो । उनले यसलाई सम्भावनाको पेशाका रुपमा चिनाएकि छिन् । शुरुमा फूल व्यवसायपूरा पढ्नुहोस्


गहुँ छर्ने समयमा मलको अभाव

कात्तिक २२, दाङ किसानले गहुँखेती शुरु गर्ने सयममा १ सातादेखि रासायनिक मलको अभाव देखिएको छ । मलको आयात नभएका कारण समस्या भएको हो । तुलसीपुर, घोराही र लमहीमा मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए । मलको अभाव हुँदा किसानलाई रित्तो हात फर्काउनु परेको उनको भनाइ छ । “युरिया र डिएपी गोदाममा एक बोरा पनि मौज्दात छैन,” उनले भने । जिल्लामा १ हजार मेट्रिक टन डिएपी र ७ सय मेट्रिक टन युरिया मल आवश्यक पर्छ । हाल गहुँ, मसुरो, आलु र तरकारीका लागि डिएपी र युरिया मल आवश्यक छ । भैरहवा भन्सार कार्यालयमा मलपूरा पढ्नुहोस्


बजेट निकासा नहुँदा बैतडी जिल्ला अस्पतालको सेवामा समस्या

कात्तिक २२, बैतडी दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले सञ्चालन गर्ने सेवा बजेटको अभावमा प्रवाह गर्नमा समस्या भएको जानकारी दिइएको छ । यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिलेसम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमिकललगायतका अति आवश्यक कुराको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए । जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच समयमै समन्वय नहुँदा समस्या देखिएको हो । गएको असोज २६ गते नै बजेट निकासाका लागि नगरपालिकालाई पत्र लेखेको डा.पूरा पढ्नुहोस्


राप्रपाको योजना १० वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकमा

कात्तिक २२, काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र जनताको साझेदारी अर्थात पी ३ को आर्थिक सिद्धान्तलाई अवलम्बन गर्ने घोषणा गरेको छ । मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्न स्थानीय तहदेखि माथिल्लो तहसम्मका विकास निर्माणमा स्थानीय जनताको सहभागिता, सहकार्य र साझेदारी रहने उक्त दलले उल्लेख गरेको छ । आगामी दिनमा सवल र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिका लागि अर्थतन्त्रको सुधारका लागि सो सिद्धान्त उपयोगी हुने र पार्टी प्रतिबद्ध रहने घोषणापत्रमा जनाइएको छ । घोषणापत्र अनुसार देशको आर्थिक विकासलाई प्राथमिकतामा राखेर ३० वर्षे दीर्घकालीन राष्ट्रिय विकास कार्ययोजना तयार गरिनेछ । उक्त कार्ययोजनाअनुरुप राप्रपाले आर्थिक सुधारका नीति तथा कार्यक्रमलाईपूरा पढ्नुहोस्


पुरातनवादीका पछि नलाग्न सिटौलाको आग्रह

कात्तिक २२, भद्रपुर नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले परिवर्तनका पक्षधरहरु पुरातनवादीको पछाडि लाग्नु नहुने बताएका छन् । चुनावी अभियानअन्तर्गत मंगलबार बाह्रदशी गाउँपालिका–४ पुग्नुभएका सिटौलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारी नदिएपछि परिवर्तनको पक्षधर नेपाली काँग्रेस मात्र मैदानमा रहेको भन्दै पुरातनवादीको पछाडि नलाग्न मतदातालाई आग्रह गरेका हुन् । २००६ सालदेखि काँग्रेस कम्युनिष्ट मिलेर परिवर्तनको लडाइँ गरिरहेको स्मरण गर्दै सिटौलाले पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्नेहरु तथा शाही शासनमा जनदमन गरी एकतन्त्रीय सर्वसत्तावाद लाद्न तम्सनेलाई मतदान गर्नु नहुने सिटौलाको आग्रह थियो । उनले लोकतन्त्रको स्थायित्वकापूरा पढ्नुहोस्


फोहोरनै चरन क्षेत्र

कात्तिक २२, काठमाडौँ नुवाकोटको ल्याण्डफिल साइडमा थुपारेको फोहोर दैनिक १ यसभन्दा बढी गाई बाख्राको चरन क्षेत्र बनेको छ । १३ वर्षदेखि काठमाडौँ उपत्यकाबाट दैनिक ८०० मेट्रिक टन फोहर नुवाकोटको ल्याण्डफिल साइडमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रका २०० र महानगरको ८० वटा गाडी सो स्थानमा फोहर फाल्नका लागि प्रयोग हुँदै आएको छ । केही वर्षअघि काठमाडौँ महानगरपालिकाले ल्याण्डफिल साइडमा थुपारेको फोहोर खाएर गाईवस्तु बिरामी परेमा वा मरेमा क्षतिपूर्ति दिनुका साथै उक्त स्थानमा चराउन नहुने सूचना गरे पनि स्थानीयवासीले त्यसमा चासो नदिएको साइडका इञ्चार्ज सरकारदिप श्रेष्ठले जानकारी दिए । १३ वर्षअघि ५ वर्षका लागि भन्दै कामपाले नुवाकोटको ल्याण्डफिल साइडमा फोहरपूरा पढ्नुहोस्


देशको विकासका लागि गठबन्धनको विकल्प छैन : नेता नेम्वाङ

कात्तिक २२, इलाम नेकपा (एमाले) का नेता सुवास नेम्वाङले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् । वाम गठबन्धनद्वारा इलाम नगरपालिका–९ मा आज आयोजित चुनावी सभामा उनले मुलुकमा कम्युनिष्टले जितेर अधिनायकवाद ल्याउँछन् भनेर विपक्षी दलका नेताहरुको अभिव्यक्ति दुःखदायी भएको धारणा व्यक्त गरे । इलाम क्षेत्र नं. २ का उम्मेदवारसमेत रहनुभएका पूर्वसभामुख नेम्वाङले यस्ता खालका अभिव्यक्तिले विपक्षीलाई नै असर पुग्ने बताउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि अब गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए । “यो गठबन्धन केवल निर्वाचनका लागि मात्र होइन्, हाम्रो विचार र सिद्धान्त मिल्छ, त्यसैले निर्वाचनपछि दीर्घकालसम्म एकताबद्ध भएर देशलाई अग्रगति दिनका लागि भएको हो,” उनलेपूरा पढ्नुहोस्


दलहरु सबैको र सधैको चुनावी नारा : निःशुल्क शिक्षा

कात्तिक २२, काठमाडौँ स्थानीय तहदेखि संसदीय निर्वाचनमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क दिलाउने प्रतिबद्धता गर्न कुनै पनि दल चुकेका हुँदैनन् । कतिपय दलले त निःशुल्कका साथै अनिवार्य र गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने पनि भन्दै आएका छन् । नयाँ संविधान जारी हुनुपूर्वका निर्वाचन वा अन्य सार्वजनिक घोषणामा प्रमुख दलहरुले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने प्रतिबद्धता राख्दै आएका छन् । यस पटकको चुनावी घोषणापत्रमा पनि ती विषय परेका छन् । नेपालको संविधानले शिक्षालाई मौलिक हकमा राखेर माविसम्मको शिक्षा निःशुल्क हुनुपर्ने र उक्त तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहले गर्ने भनेको छ । विगतमा मावि तहसम्मको शिक्षा भन्नाले कक्षा १० सम्म मानिन्थ्यो । शिक्षा ऐनपूरा पढ्नुहोस्