Main Menu

Friday, November 3rd, 2017

 

समानुपातिकतर्फको बन्दसूची सार्वजनिक, ६ हजार उम्मेदवार

कात्तिक १७, काठमाडौँ निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ । आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिक निर्वाचनमा राजनीतिक दलबाट ६ हजार ९४ उम्मेदवारको नाम समावेश भएको प्रारम्भिक विवरण रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको बन्दसूचीअनुसार आदिवासी पुरूष ७८३, महिला ९३१ र अन्य १, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारूपूरा पढ्नुहोस्


प्यूठानमा बहालवाला कर्मचारी नेपाली कांग्रेसको उम्मेदवार बनिन्

कार्तिक १७, प्यूठान नेपाली कांग्रेसकाे प्यूठान जिल्लाकाे तर्फवाट संघीय संसदका लागि समानुपातिक उम्मेद्ववार धनलक्ष्मी श्रेष्ठ वहालवाला स्थायी अहेव (सहायक स्वास्थ्यकर्मी) रहेकाे खुलासा भएकाे छ । स्थानीयहरुका अनुसार उनी २०७४ साल जेष्ठमा स्थायी भई कपिलवस्तु जिल्लाकाे बहादुरगंजस्थित १५ सैयाकाे  शिवराज हस्पिटलमा काम गर्दै अाएकी छन् । उक्त हस्पिटलका प्रमुख डा. रावल झासँग स्थानीयले धनलक्ष्मी श्रेष्ठको बारेमा बुझ्दा उनले निज श्रेष्ठ केही दिनकाे लागि विदामा  गएकाे भनी जवाफ दिएको बताइन्छ । नेपाली कांग्रेसकाे तर्फबाट संघीय संसदका लागि प्यूठान जिल्लाकाे एक मात्र समानुपातिक उम्मेद्वार बन्न सफल श्रेष्ठ यसअघि भएकाे संविधानसभाको दोश्रो निर्वाचनमा  प्यूठान जिल्ला क्षेत्र न: २ बाट प्रत्यक्ष तर्फकाे उम्मेद्वार बनेकी थिइन्पूरा पढ्नुहोस्


दोहोरो खेती प्रणाली अर्थात् कृषि–वन नीतिले किसानलाई गाउँ फर्काउला ?

कात्तिक १७, काठमाडौँ कृषि विकास मन्त्रालयले बाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि–वन नीति ल्याउने भएको छ । शहरमा खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण भएका स–साना टुक्रा जमिन खरिद गरी शहरमा रम्न चाहने गाउँबेँसी गर्ने ग्रामीण किसानलाई गाउँ फर्काउने उद्देश्यले कृषि–वन नीति ल्याउन लागिएको बताइएको छ । विश्वमा कृषि–वन नीति तयार गर्ने पहिलो राष्ट्र भारत हो । भारतले आफ्ना १९ प्रान्तमा कृषि–वन नीतिअनुरुप खेतीपाती गरेको छ । यद्यपि नीति नभए पनि विश्वका ५२ देशमा भने कृषि वन अवधारणाअनुरुप खेती गरेको पाइन्छ । नेपाली युवा–युवती वैदेशिक रोजगारमा जाने र बूढापाका शहरमा बस्ने संस्कृति विकास हुँदै गएका कारण गाउँघरका उर्वर जमिन बाँझिएपछि कृषि विकास मन्त्रालय उनीहरुलाईपूरा पढ्नुहोस्


सिरहामा ७ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा

कात्तिक १७, लहान मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा ७ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि ५ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभामा २ जना पूर्वमन्त्री चुनावी दौडमा छन् । सिरहा क्षेत्र नं ४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उनीहरुसँगै सो क्षेत्रमा नेपाली काँग्रेसका नेता मोख्तार अहमद चुनावी मैदानमा उत्रिएका छन् । सिरहा क्षेत्र नंपूरा पढ्नुहोस्


कर्मचारी समायोजन नियमावलीको मस्यौदा तयार

कात्तिक १७, काठमाडौँ सामान्य प्रशासन मन्त्रायलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन नियमावली–२०७४’ को मस्यौदा तयार पारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणिकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो । तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानून तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए । नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, ६ महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने कुरा उल्लेख गरिएको सहसचिव समेत रहेका न्यौपानेलेपूरा पढ्नुहोस्


च्यासल रंगशालाको निर्माण कार्य थालियो

कात्तिक १९, काठमाडौँ सरकारले च्यासल रंगशालालाई राष्ट्रियस्तरको बनाउने प्रक्रिया थालेको छ । लामो समयदेखि थाती रहेको सो परियोजना बल्ल सुचारु भएको छ । खुसीको कुरा के छ भने, रंगशाला निर्माणको लागि फिफाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । १५ हजार दर्शकक्षमता रहने च्यासल रंगशालामा तीनतिर प्यारापेट हुने जनाइएको छ । रंगशाला निर्माणको लागि यस वर्ष नेपाल सरकारले ८ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । कुल रु. ४० करोडको यो परियोजनाको लागि फिफाले रु. ७ करोड प्रदान गर्नेछ । सरकारले १८ महिनामा रंगशालाको निर्माण कार्य सम्पन्न गरी अखिल नेपाल फुटबल संघ (एन्फा)लाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । मुलुककै एकमात्रपूरा पढ्नुहोस्


दोस्रो चरणमा महिला उम्मेदवारी न्यून, ४ हजार ७ सय उम्मेदवारीमा ३ सय ३५ महिला

कात्तिक १७ काठमाडौँ आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो । निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभातर्फ १ हजार ७४२ र प्रदेश सभातर्फ २ हजार ९६६पूरा पढ्नुहोस्


राप्रपाको घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’

कात्तिक १७, काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । पार्टीको निर्माण गर्न लागिएको घोषणापत्रमा राजसंस्थाको आदर्शलाई उल्लेख गरी वैचारिक दृष्टिकोण बनाउन कार्यकर्ताबाट सुझाव आएको छ । मुलुकलाई हिन्दू राष्ट्र कायम गर्ने विषयलाई समेत घोषणापत्रमा प्राथमिकतामा राखिएको छ । पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो । संविधान जारी भएपछि संघीय मामिला तथा स्थानीय विकासपूरा पढ्नुहोस्


अब जीवनभर चुनाव नलड्ले बिजुक्छेको घोषणा

कात्तिक १७, भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताएका छन् ।  आज भक्तपुरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताए ।  आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उनले भने, “मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन । मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिनँ । नेमकिपाको अबको राजनीति युवा पुस्ताले हाँक्छन् ।”  उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको प्रष्ट्याउँदै बिजुक्छेले भने, “म ७६ वर्षको भएँ । उमेरका कारणले कतिपय कुरा बिर्सन थालेँ । संसद्मा रहँदापूरा पढ्नुहोस्


सामाजिक रुपान्तरणमा सहयोग गर्न बेकरी तालीम

कात्तिक १७, काठमाडौँ मुलुकमा महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यले दक्षिण कोरियाको एशिया वुमन ब्रिज नामक संस्थाले विभिन्न परियोजना सञ्चालन गरेको छ । नेपालमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले उक्त विदेशी संस्थाले बेकरी तथा कुकिज उत्पादनसम्बन्धी तालीम, सिलाइ–कटाइ र लैंगिक विभेद अन्त्यका लागि नेतृत्व विकासका कार्यक्रम सञ्चालनमा ल्याएको हो । महिला सशक्तीकरणका लागि कोरियामा स्थापना भएको सो संस्थाले लामो समयसम्म कोरियामा बसेका नेपालीको समन्वयमा एशिया महिला मिलन केन्द्र नेपाल र एकता बहुउद्देश्य सहकारी संस्थासँग सहकार्य गरी चौथो पटक बेकरी तथा कुकिजको तालिम शुरु गरेको छ । प्रत्येक वर्ष करिब ८ महिनाको समय अवधि लगाएरपूरा पढ्नुहोस्